पोखरीमा डुबेर बालकको मृत्यु
भोजपुर : पोखरीमा डुबेर एक ४ वर्षीय बालकको ज्यान गएको छ। गाईवस्तु चराउँदै पोखरीमा खेल्ने क्रममा रामप्रसाद राई गाउँपालिका ६, बैकुण्ठेका ४ वर्षीय प्रमिश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार साँझ करिब ६ बजे पोखरीमा खेल्ने क्रममा बालकको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए। मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !