भानुमा चितुवा आतंक : गोली हानी मार्ने आदेश

भानुमा चितुवा आतंक : गोली हानी मार्ने आदेश

तनहुँ : एकपछि अर्को गर्दै बालबालिकाको ज्यान लिने थालेपछि तनहुँ प्रशासनले नरभक्षी चितुवा मार्ने आदेश दिएको छ। भानु नगरपालिकाका २ र ४ नम्बर वडामा यसै वर्ष मात्र दुई बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गएको छ। 

अरु तीनजना घाइते भएका छन्।दिनहुँजसो चितुवाले ज्यान लिने र आक्रमण गर्न थालेपछि चितुवा नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आदेश दिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए्। 'जसरी भएपनि चितुवा नियन्त्रणमा लिनुपर्ने देखियो,' प्रजिअ पण्डितले भने, 'त्यसका लागि आवश्यक परे गोली हान्ने आदेश दिइएको छ।'

चितुवा नियन्त्रण लिने उपायका बारे जिल्ला सुरक्षा समितिको बैठकमा पनि छलफल भएको थियो।

गत वर्ष एक चितुवा मृत पनि भेटिएको थियो। तरपनि आक्रमणका घटनामा कमी नआएपछि प्रशासनले नियन्त्रणका लागि मार्नेसम्मको आदेश दिएको हो।  चितुवा नियन्त्रणका लागि भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको संयोजकत्वमा नियन्त्रण र आवश्यक कदम चाल्न समिति बनेको छ। समितिकै नेतृत्वमा स्थानीय, जनप्रतिनिधि, वनरक्षक, सशस्त्र र नेपाल प्रहरी रहने गरी सुरक्षा गस्ती थालिएको छ।

डिभिजन वन अधिकृत केदार बरालले सुरक्षाकर्मी र वनरक्षकले चितुवा नियन्त्रण तथा प्राविधिक टोली र जनप्रतिनिधिले जोगिने उपायका बारेमा सचेतना फैलाउनुपर्ने बताए। 

चितुवालाई आहाराको व्यवस्था

वनमा आहारा नपाएपछि चितुवाले गाउँ पसेर आक्रमण गर्न थालेपछि आवश्यक आहाराको जोहो भानु नगरपालिकाले गर्ने भएको छ। प्रजिअ पण्डितले वनमा जनावर छाडेर चितुवालाई आहारा दिनेसम्मका उपाय अबलम्बन गर्ने गरी काम भइरहेको बताए। 'आहाराको व्यवस्था गर्दा घटना रोकिन्छ कि भनेर पनि सचेत छौं,' उनले भने। 

जनप्रतिनिधिको दौडधुप

आफ्नो क्षेत्रमा लगातार बाघको आक्रमण बढ्न थालेपछि जनप्रतिनिधिले दौडधुप बढाएका छन्। यसका लागि सचेतना र गस्तीसम्मका काम भइरहेका छन्। नगरप्रमुख उदयराज गौलीले गाउँमा चितुवा आतंक बढेपछि सचेतना र गस्ती बढाएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.