विप्लवका दुई कार्यकर्ता तनहुँबाट पक्राउ

विप्लवका दुई कार्यकर्ता तनहुँबाट पक्राउ

दमौली : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुईजना कार्यकर्ता पक्राउ परेका छन् ।

बिहिबार राति घिरिङमा एनसेलको टावरमा आगजनी गरेको भोलिपल्टै शुक्रबार राति विप्लवका कार्यकर्ता पक्राउ परेका हुन् । आँबुखैरेनी–३ बाट जिल्ला कमिटी सदस्य गणेश थापा क्षेत्री र घिरिङ–२ बाट एरिया कमिटी सदस्य धनबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ प्रहरीले हालसम्म विप्लवका झण्डै एक दर्जन नेता कार्यकर्तालाई पक्राउ गरिसकेको छ । पछिल्लो समय तनहुँमा पनि विप्लवका कार्यकर्तामाथि प्रहरीले निगरानी बढाएको छ ।

नेकपाले भने शान्तिपूर्ण रुपमा बसिरहेका बेला नेता कार्यकर्तालाई पक्राउ गर्ने गरेको जिकिर गरेको छ । पार्टीका जिल्ला ईन्चार्ज पूर्णजीत पुनले आफ्ना कार्यकर्तालाई फसाउन गलत आरोपमा पक्रने काम भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.