तरकारीबाटै वार्षिक ३० लाख

तरकारीबाटै वार्षिक ३० लाख

नुवाकोट : सफल जीवनका लागि देश छाड्नु पर्दैन भन्ने उदाहरण हुन् नुवाकोटको पश्चिमी भेग फासाङका सोमबहादुर तामाङ। सदरमुकाम विदुरदेखि ३० किलोमिटर पश्चिमा रहेको म्यागङ गाउँपालिका–३ फासाङका सोमबहादुर तामाङले तरकारी बेचेर वार्षिक करिब ३० लाख रुपैयाँ आम्दानी गर्छन्। ५२ वर्षको उमेरमा युवा जोशले कृषि पेशामा लागेका उनी तरकारी बिक्रीका लागि त्रिशुली बजारसम्म पुग्छन्।

फसाङ गाउँ आलु, रायोको साग, हरियो चियापत्ती, भूइँ स्याउ, किम्ताङको चियासँगै उनको तरकारीखेतीले चर्चित छ। तामाङका छोरा कुबेतमा काम गर्छन्। उनका अनुसार छोराले वर्षमा ९ लाख पठाउँछन्। तर, आफूले वर्षभरि तरकारी खेतीबाट करिब ३० लाख रुपैयाँ आम्दानी गर्ने गरेको तामाङले बताए।

हाल उनले १२ रोपनी जमिनमा गोलभेंडा खेती गरिरहेका छन्। यसको साथै उनले काउली, बन्दाकोभी, मुला, साग, सिमीलगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन्। ८० हजार रुपैयाँ लगानीबाट तरकारी खेती सुरु गरेका सोमबहादुरले आफ्नो विगत सम्झँदै भने, ‘अहिले तरकारी रोप्नकै लागि करिब ६० लाख रुपैयाँको संरचना बनाएको छु।’ उनले वर्षामा बाटोको समस्याले बजारको समस्या हुने भए पनि अरु समयमा बजार व्यवस्थापनमा खासै समस्या नरहेको बताए।

‘पहिला खेती सुरु गर्ने समयमा बीउविजन छनोटमा समस्या हुने गरेको थियो’, उनले भने, ‘अहिले कहाँ कस्तो बीउविजन पाइन्छ र के गरेर स्याहार गर्नुपर्छ राम्रो अनुभव भएकाले खेती गर्न समस्या छैन।’ आगामी वर्ष थप जमिनमा तरकारी खेती गर्ने योजना रहेको उनले सुनाए। तामाङले उत्पादन गरेको तरकारीको मुख्य बजार नुवाकोट, धादिङ, रसुवा तथा काठमाडौं हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.