चिया अध्ययन प्रतिष्ठान स्थापना गर्न माग

चिया अध्ययन प्रतिष्ठान स्थापना गर्न माग

इलाम : इलामका किसानले चियासम्बन्धी समस्याबारे सरकारसँग गुनासो गरेका छन्। उनीहरूले इलाम पुगेका कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालसँग किसान र उद्यमीले भोगेका समस्याबारे पालैपालो गुनासो गरेका हुन्।

सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले भने, ‘चियामा राज्यले लगानी बढाउनुपर्यो।’ उनले मन्त्रीलाई चियाको अक्सन बजार नहुँदा तयारी चियाले मूल्य नपाएको गुनासो गरे। उनले भने, ‘सरकारले अक्सन मार्केट निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ।’

राईले प्रांगारिक मलमा अनुदान, चिया अध्ययन प्रतिष्ठान स्थापना, चियाको ट्रेड मार्कको पूर्ण कार्यान्वयनलगायत विषयमा मन्त्रीलाई ध्यानाकर्षण गराए। संघका तर्फबाट पाँचबँुदे ज्ञापनपत्र बुझाउँदै उनले इलाममा उत्पादन भएको कृषि उपज भारत निकासीमा भारतीय पक्षले दुःख दिने गरेको भन्दै समस्या समाधान गर्न आग्रह गरे।

उनले पशुपतिनगरमा क्वारेन्टाइन र भन्सार कार्यालय स्थापनाका लागि भारतीय पक्षसँग पहल गर्न मन्त्रीसँग अनुरोध गरे। अर्गानिक प्रमाणीकरण र चियाको आफ्नै क्लोन निर्माणमा पहल गर्न उनले सुझाव दिए। छलफलमा भाग लिन सूर्योदय नगरपालिकामा भेला भएका किसानले पहिले चिया रोप्न सरकारले प्रोत्साहन गरे पनि अहिले बैंकले ऋणसम्म दिन छाडेको गुनासो गरे। अर्गानिक चियाबाहेक अरुको भविश्य नरहे पनि किसान एक्लैले अर्गानिक खेती गर्न नसक्ने उनीहरूको गुनासो थियो।

उद्यमीले भारतले सीएफएल परीक्षणको नाममा उद्यमीलाई बोझ थपेको गुनासो गरे। सूर्योदय टी एसोसिएसनका सचिव गोपाल कट्टेलले चिया किसान र उद्यमीले कहिले खुसी र कहिले दुःखी हुनुपर्ने अवस्था अन्त्य गर्न सरकारलाई अनुरोध गरे। उनले भने, ‘किसानदेखि उद्यमीसम्म जोखिममा छौं, सरकार समस्यामा गम्भिर नहुँदा झनै पीडामा छौं।’ उनले कृषि कर्जा उपलब्ध हुनुपर्ने, नेपालमै चियाको परीक्षण हुनुपर्ने र त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउने वातावरण बनाउनुपर्ने माग गरे। उनले चिया कारखानालाई मागअनुसार चियापत्ति उपलब्ध हुन छाडेको भन्दै चिया रोपणमा अनुदान माग गरे। उनले इन्धनका लागि आयात गरिने कोइलामा भ्याट छुटदेखि चिया प्राविधिक खटाउन सरकारलाई अनुरोध गरे।

सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले चिया तथा कफी विकास बोर्डबाट चिया बोर्ड अलग गराउन माग गरे। उनले चिया निर्यातमा देखिएका समस्या समाधान गर्नसमेत संघीय सरकारले भूमिका खेल्नुपर्ने उनको माग थियो। मन्त्री खनालले अर्गानिक प्रमाणीकरण, कर्जा व्यवस्थापन र चिया खेतीको विकासलगायत किसान र उद्यमीले उठाएका समस्या समाधान गर्ने आश्वासन दिए। सूर्योदय नगरपालिकामा मात्र साना ठूला ६० चिया कारखाना छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.