हाजिर गर्न नपाएपछि कर्मचारीले घेरे मन्त्रालय

हाजिर गर्न नपाएपछि कर्मचारीले घेरे मन्त्रालय

काठमाडौं : स्थानीय तहमा समायोजन भएका कर्मचारी हाजिर गर्न नपाएपछि सिंहदरबार आइपुगेका छन्। उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिइरहेका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा समायोजनमा परेका करिब एक सय भन्दा कर्मचारी बिहीबारको धर्नामा सहभागी छन्।

आफूलाई खटाइएको कार्यालयमा हाजिर गर्न नपाएपछि उनीहरू मन्त्रालय आइपुगेका हुन्। गएको १७ गतेसम्म उनीहरूलाई मन्त्रालयले हाजिर गर्ने व्यवस्था मिलाएको थियो। तर आइतबारदेखि त्यो पनि बन्द भएपछि कर्मचारीहरू धर्नामा बसेका हुन्।  

मन्त्रालयो मूल गेटमै कर्मचारीहरू धर्ना बसेका छन्।  

काठमाडौं महानगरपालिकामा खटिएका उपसचिव ओमकुमार श्रेष्ठले मन्त्रालयका सचिवले कर्मचारीहरू खटिएकै स्थानमा हाजिर भइ काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए पनि त्यसो हुन नसकेको गुनासो गरे।  

'सचिवज्यूले जहाँ समायोजन भएको छ, त्यहाँ हाजिर गर्ने र तलब खाने व्यवस्था मिलाउने जिम्मा मेरो भयो भन्नुभएको थियो', उनले भने, 'न उता हाजिर गर्न पाइन्छ, न त मन्त्रालयले नै यहाँ हाजिर गर्न दियो।' उनका अनुसार विभिन्न स्थानीय तहका गरी १२० जना धर्ना सहभागी छन्।

सूर्यविनायक नगरपालिकाका पाँचौ तहका कर्मचारी रामबहादुर कार्कीले हाजिर गर्न नपाएपछि धर्नामा आउनु परेको बताए।

हेर्नुस् फोटोहरू


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.