चिर्पटले हानेर बाबुको हत्या

चिर्पटले हानेर बाबुको हत्या

दमक : झापाको कमल गाउँपालिकामा चिर्पट प्रहार गरी बाबुको हत्या गरिएको छ । कमल गाउँपालिका–१ का ७० वर्षीय सुर्यबहादुर थापालाई ३१ वर्षीय छोरा प्रकाश थापाले चिर्पट प्रहार गरी हत्या गरेका हुन् । 

शुक्रबार बिहान सवा ७ बजे घरायसी विवादका कारण बाबुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा बाबुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

घटनास्थलमा खटिएको प्रहरी चौकी तोपगाछीको प्रहरी टोलीले प्रकाश थापालाई पक्राउ गरेको छ । मृतकको शव परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारी पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.