किन गोठधन्दा गर्दैछन् पोखरामा यी पर्यटक ?

किन गोठधन्दा गर्दैछन् पोखरामा यी पर्यटक ?

पोखरा : स्पेनबाट नेपाल घुम्‍न आएकी २० वर्षिया मारिया रोयसगास पोखरा महानगरपालिकाको दक्षिण पश्चिम गाउँ डाँडाखर्कमा घाँस काट्ने, घाँस बोक्ने र गाईभैंसीको गोवर सोहर्ने गरेर एक हप्ता बिताइन्।

यहाँ रहँदा नेपाली गाउँ घरमा हुने दैनिक काम सरसफाइ, घर वरपर उम्रेका झार फाल्नेदेखि तरकारी लगाउने कामको पनि अनुभव लिइन्।

डिप्लोमा तहको पढाइ सकेपछि उनी नेपाल घुम्न आएकी हुन्। भ्रमणका क्रममा भेटिएका साथीहरूले नेपाली दैनिकीसँग रमाउन र प्राकृतिक सुन्दरतासँग साक्षत्कार गर्ने पुरानो नेपाली परम्परागत घर, त्यस्तै ग्रामीण परिवेश झल्कने 'ब्याक टु नेचर रिर्सोट' मा जान सुझाएकोले यो अनुभव लिन यहाँ आएको उनले सुनाइन्।

पहिलो पटक गाईभैंसीको गोबर फाल्ने, घाँस दाउरा गर्दा निकै रमाइलो अनुभव भएको उनले बताइन्। घाँस काट्न जाँदा र वरपर काम गर्दा जुका लागेर रगत आएको अनुभव पनि उनले पहिलो पटक लिइन्।

अस्ट्रेलियाबाट नेपाल भ्रमणमा आएकी १८ वर्षीया लोला पअल्सफर्डको अनुभव पनि मारियाको जस्तै छ। ग्रामीण क्षेत्रका नेपालीको दैनिकी कसरी बित्छ प्रत्यक्ष अनुवभ गर्न मात्र होइन त्यस्तै गरि घाँस काट्ने, दही मथ्ने, आफैले स्याहार सुसार गरेको भैसीको दूध दही खाने नयाँ अनुभव लिन पाएको उनले सुनाइन्।

हाइस्कुलको पढाई सकेपछि केही समय काम गरेर बचेको पैसाले भ्रणमा निस्कने क्रममा नेपाल आएको उनले बताइन्। १८ देखि २० वर्ष उमेर समूहका यी किशोरी एक्ला एक्लै विभिन्न देशको भ्रमणमा निस्केका हुन्।

'नेपाल आएपछि भेट भयो अनि सँगै रमाइलो अनुभव पनि', लोलाले भनिन्, 'अरु देशका मानिसको दैनिकी कसरी बित्छ भन्ने बुझ्न र आफूलाई अझै सशक्त बनाउन अझै ६ महिना बढी विभिन्न देशको भ्रमण गर्ने लोलाले सुनाइन्।

आएरल्यान्डबाट नेपाल भ्रमणमा आएका माइकलले 'ब्याक टु नेचर' रिसोर्टमा एक हप्ताको बसाईमा मारिया र लोला जस्तै गोठ धन्दा मात्र गरेनन्। त्यहाँ रहेको चट्टान फुटालेर रिसोर्टको वरपर पर्खाल  लगाउन पनि सघाए।

तरकारी लगाउन कोदालो चलाए र तरकारी पनि लगाए। धुवाँ धुलो, हल्लाबाट टाढा रहेर ग्रामीण जनजीवनको अनुभव गर्न पाउनु जीवनकै नयाँ अनुभव भएको उनले बताए। पोखराबाट देखिने हिमाल, ताल, साहासीक खेल प्याराग्लाइडिङ, लगायतका खेलले आफूलाई निकै आकर्षण गरेको उनले सुनाए।

पर्यटन व्यवसाय मुख्य सहरमै गर्नु पर्छ र आधुनिक ठूला कंक्रिट भवन नै बनाउनु पर्छ भन्ने मान्यतालाई चिर्दै पोखरेली युवा दाजु भाई डम्बर पुन र डेम पुनले साविक चापाकोट गाउँ विकास समितिस्थित डँडाखर्कमा नेपाली परम्परागत ढुङ्गा माटोको घर बनाएर ५ वर्ष अघिदेखि व्यवसाय सुरु गरेका हुन्।

पोखरा पर्यटकीय मुख्य बजार लेकसाइड देखि ९ किलो मिटर पर जंगलको नजिकै ८ वर्ष अघि ४० रोपनीजमिन किनेर पर्यटकलाई नेपाली ग्रामीण दैनिकी अनुभव गराउने गरि रिसोर्ट संचालन गरिएको उनले बताए। पोखराको पामे बजारदेखि ४० मिनेट बनको उकालो बाटो हिडेर डाँडखर्कको रिसोर्टमा पुग्न सकिन्छ।

रिसोर्टमा नेपाली परम्परागत रातो माटोको घर मात्र होइन आधुनिक टेन्टमा बसेर फेवाताल, हिमालको दृश्यवलोकन गर्न सक्ने गरी राखिएको छ। यसैको कारण विदेशी पर्यटक मात्र होइन आन्तरिक पर्यटक पनि ब्याक टु नेचर रिसोर्टमा आकर्षित भएको रिसोर्टका संचालक डम्बर पुन बताउँछन्।

पुन दाजुभाइको काठमाडौंको ठमेलमा पनि आफ्नै शैलीको बार चलाएर स्थापित भइसकेका छन्। ठमेलमा पुन दाजु भाइले चलाएको बुद्ध बार चर्चित छ। दाजुभाइ पोखरा काठमाडौंमा आलोपालो गरेर व्यवसाय गरेको डम्बरले सुनाए।

पोखराको ब्याक टु नेचर सञ्चलान पछि भने आफूलाई निकै सन्तुष्टि मिलेको डम्बर बताउँछन्। रिसोर्टका लागि चाहिने अर्गानिक तरकारी, लोकल कुखुरा, बोका, खसी मात्र होइन फेवा फाँटमा झिनुवाको धान समेत रोपेर चामल पनि आफैं उत्पादन गर्ने गरेको उनले सुनाए। आफ्नै उत्पादनले नपुग्दा गाउँमा उत्पादन भएको तरकारी किन्ने गरिन्छ।

नेपाली परम्परागत दैनिकीसँग पर्यटकलाई जोड्ने उद्देश्यले गाउँमा रिसोर्ट सञ्चालन गरेको उनले बताए। गाउँका स्थानीयलाई पनि पर्यटन उद्योगसँगै जोड्न प्रेरित गर्ने प्रयासमा आफू रहेको उनी सुनाउँछन्।

रिसोर्टमा आउने पर्यटकलाई डम्बर योग पनि सिकाउँछन्। रिसोर्ट नजिकै रहेका झरनामा 'वाटर थेरापी' गराउनेदेखि हाइकिङसम्मका प्याकेज यहाँ छन्।

रिसोर्टमा ८ जनाले रोजगारी पाएका छन्। जमिनबाहेक डेढ करोड लगानीमा संचालन भएको रिसोर्ट विस्तारै पर्यटकको आकर्षण बन्दै गएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.