को-को छन् सचिवको प्रतिस्पर्धामा ?

को-को छन् सचिवको प्रतिस्पर्धामा ?

काठमाडौं : सरकार ६ जना सचिवको नियुक्ति तयारी गरिरहेको छ। एकैचोटी ठूलो धेरै सचिव अवकास भएपछि नियुक्तिको तयारीमा सरकार लागेको हो।

साउन महिनामा नै नेपाल सरकारका पाँच सचिव रिक्त भएका छन्। भदौ १२ गते अर्का एक सचिवको अवकास हुदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसी, खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्की, प्रधानमन्त्री कार्यालयका सचिव विष्णुप्रसाद लम्साल र युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको अवकास भएको छ। भदौमा अर्थ सचिव लालशंकर घिमिरे अवकास हुदैछन्। अर्थका राजस्व सचिव घिमिरको भदौ १२ गते सेवा निवृत हुने भएका छन्।

शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव बिसी उमेरहदका साउन २९ गतेबाट अवकास भएका छन्। खानेपानी सचिव शर्मा, प्राधिकरण सचिव कार्की, प्रधानमन्त्री कार्यालय सचिव लम्साल साउन २२ गतेबाट अवकास भएका छन् भने खेलकुद सचिव देवकोटा साउन २३ गतेबाट उमेर हदका कारण अवकास भए। बिसी, शर्मा, कार्की प्राविधिकतर्फका सचिव हुन् भने लम्साल, देवकोटा र घिमिरे प्रशासनतर्फका सचिव हुन्।

प्रशासन र प्राविधिक सेवा ३-३ गरी ६ जना नयाँ सचिवको नियुक्ति हुनेछ। एक सचिव बढुवाका लागि ३ जनाको सिफारिस गरिने व्यवस्था छ। प्रशासनतर्फ २२ गते अवकास भएका लम्सालको ठाउँमा तोयानारायण ज्ञावाली, तोयम रायमाझी र दिनेश भट्टराईको सिफारिस हुनेछ। सबैभन्दा वरिष्ठ सहसचिव चुडामणि शर्मा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् भने वीरेन्द्र यादवले सचिवको तालिम नै लिएनन्। त्यसैले ज्ञवाली सचिवमा बढुवा हुने प्रवल सम्भावना छ। 

२३ गते अवकास भएका देवकोटाको ठाउँमा रायमाझी, भट्टराई र रामकृष्ण सुवेदी सिफारिस हुनेछ। त्यसमा सुवेदीलाई सचिव बनाउन चौतर्फी दबाब छ। उनीहरुका साथै बाबुराम पौडेल (शिक्षा), कमल पोखरेल (शिक्षा), टेकनारायण पाण्डे (शिक्षा), एकनारायण अर्याल र रामशरण पुडासैनी, अर्जुन पोखरेल सचिवको प्रतिस्पर्धामा छन्।

प्राविधिकतर्फ तीन सचिवको पद रिक्त छ। प्राविधिकतर्फ वरिष्ठतम सहसचिव हैसियतमा ऋषिराज शर्मा पहिलो सूचीमा छन्।  प्राविधिक सचिव बढुवामा सहसचिव रविन्द्रनाथ श्रेष्ठ, शिवहरि शर्मा, सागरकुमार राई, सुरेश आचार्य, रामकृष्ण सापकोटा, मणिराम गेलाल र प्रमिलादेवी बज्राचार्यसमेत प्रतिस्पर्धामा छन्। सुरेश आचार्य र मणिराम गेलालको सम्भावना छ। 

सचिव बढुवाका लागि चलखेल भइरहेको छ। सत्तापक्षमा समेत आफ्नो मान्छेलाई सचिव बनाउन कसरत भइरहेको छ। चार सचिव रिक्त भएको एक साता भइसकेको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले सचिव बढुवा गर्ने गर्छ। सचिव बढुवाका लागि लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा रहने बढुवा सिफरिस समितिले एउटा पदमा तीन जनाको नाम सिफारिस गरिने छ। बढुवाका लागि ज्येष्ठता, कार्य क्षमता र कार्य सम्पादन मूल्यांकनलाई आधार मानिनेछ।

बिसी एक वर्ष ४ मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अवकास पाएका सचिव बिसी एक वर्षमा ४ मन्त्रालय सरुवा भए। उनी प्रधानमन्त्री कार्यालय, खोनपानीमा २ पटक र शान्ति  मन्त्रालयमा गरी ४ ठाउँमा सरुवा भएका हुन्। दुई वर्ष अवधिमा एक वर्ष भने शिक्षा मन्त्रालयको विज्ञान तथा प्रविधि सचिव भएर बिताए।

लामो समय भूमि प्रशासनमा काम गरेका बिसी सचिव हुने बेलामा प्रधानमन्त्री कार्यालय हुँदै खोनपानी मन्त्रालयका सचिव बनाइए। खानेपानीमा ४ महिना पनि नबस्दै उनालाई शान्ति मन्त्रालय लगियो। त्यसपछि फेरि उनी खानेपानीमा तानिए। फेरि ३ महिनामा नै त्यहाँबाट सरुवा गरियो। गजेन्द्रकुमार ठाकुर खानेपानीमा ल्याउनको लागि उनलाई तानातानको पात्र बनाइएको थियो। 

अवकास भएका सचिव बिसीले सेवा प्रवाहलाई जनतामाथि पुर्‍याउन नसकिएको स्वीकार गरे। अस्थिर राजनीतिको शिकार कर्मचारीतन्त्र हुँदै आएको उनको भनाइ छ । ‘कर्मचारी लोकसेवा पास गर्नलाई मात्रै भइयो, सेवाप्रवाह भनेर जसरी दिन सकिन,’ उनले भने, ‘यहाँ काम गर्ने मान्छेको ग्याप छ, काम गर्ने भन्दा काम नगर्नेको  हालीमुहाली छ।’ अरु सचिव पनि कार्यकालमा धेरै हेरफेर भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.