इलाममा साहित्य महोत्सव हुँदै
इलाम : ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ इलाममा आगामी असोज ३ र ४ गते साहित्य महोत्सव हुने भएको छ। नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी इलाम साहित्य समाजको आयोजनामा महोत्सव गर्न लागिएको समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त साहित्यकार, कलाकार, विश्लेषक, राजनितिज्ञ, उपस्थित गराई विभिन्न विषयमा छलफल, बहस, गराइने बताउँदै अध्यक्ष थाम्सुहाङले भने, ‘कवि बैरागी काइँला, विश्लेषक प्रदीप गिरी, योगेश भट्टराई, विश्वप्रकाश शर्मा, कवि श्रवण मुकारुङ, अभिनेता दयाहाङ लगायत इलाम आउने पक्का भइसककेको छ।’
कार्यक्रममा समृद्धि कस्तो र कसका लागि? , करोड क्लब र अफवाह, सत्ता कि प्रतिपक्ष, मानक माथि प्रश्न?, किन बिक्न छोड्यो?, दश बर्षपछिको नेपाल, अधिकारको पेवा, ‘अ’ मा अल्झेको इलाम, पछिल्ला साहित्यिक आन्दोलनहरु, गीतको दुख, पर्यटनको आयाम लगायतका विषयमा छलफल हुने बताउँदै समाजका सचिव रोशन राइ भने, ‘लेखक र साहित्यकार मात्र दुइ सय बढी इलाम भित्रयाउने लक्ष छ।’
इलाममा साहित्यसँगै पर्यटन प्रवद्र्धनका लागिसमेत महोत्सव फलदायी बन्ने समाजका कोषाध्यक्ष सुरेन्द्र राइको बताए। जिल्ला सदरमुकाममा २०६८ साल यता यस्तो कार्यक्रम नभएकाले यसलाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको आयोजक संस्थाका सल्लाहकार कवि बिमल वैद्यको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !