१६ किलो सुन तस्करी : ३५ करोड जरिवाना माग गर्दै मुद्दा दर्ता

१६ किलो सुन तस्करी : ३५ करोड जरिवाना माग गर्दै मुद्दा दर्ता

गोरखा : राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका गोरखा केरौंजाका धनकमल गुरुङविरुद्ध ३५ करोड रुपैयाँ जरिवाना माग गर्दै मुद्दा दर्ता गरेको छ। सुन तस्करी सम्बन्धी अनुसन्धान सकेर विभागले मिसिल र अभियोगपत्र मंगलवार जिल्ला अदालत गोरखामा पठाएको श्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए।

‘राजस्व अनुसन्धान विभागबाट अनुसन्धानसम्बन्धी हालसम्म तयार भएको सम्पूर्ण मिसिल र अभियोग पत्र यहाँ पठाएको छ’, श्रेस्तेदार अधिकारीले भने, ‘प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।’

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गराएको उनले बताए। गत साउन ९ गते १६ किलो सुन सहित पक्राऊ परेका धार्चे गाऊँपालिका १ हुलचुकका गुरुङविरुद्ध ३५ करोड ६६ लाख ७२ हजार रुपैया जरिवाना गर्न माग गरिएको उनले बताए।

प्रतिवादी गुरुङलाई आर्थिक जरिवानासहित ६ वर्ष कैद सजायँ हुन पनि राजस्व अनुसन्धान विभागले माग गरेको छ। बरामद भएको सुनको मुल्य आठ करोड ९१ लाख ६८ हजार रुपैया कायम भएको छ प्रतिवादी धनकमल गुरुङले वयानमा लोप्साङ लामा भन्ने ब्यक्तिबाट आफूले सुन लिएको बयान दिएका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाले सुन सहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो। विभागले एक महिना भन्दा बढी समय लगाएर अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको हो।

विभागले पठाएको अभियोगपत्र अनुसार प्रतिवादी धनकमल गुरुङसँग मंगलवारै बयान गरिएको जिल्ला अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.