प्रदेश लोकसेवा आयोगका अध्यक्षले लिए शपथ

प्रदेश लोकसेवा आयोगका अध्यक्षले लिए शपथ

जनकपुरधाम : प्रदेश २ मा लोकसेवा आयोगको अध्यक्ष पदमा सुरेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  मुख्यमन्त्री कार्यालयले आइतबार आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले यादवलाई शपथ ग्रहण गराएका हुन् । 

अध्यक्ष पदमा सिफारिस भएका यादव सिरहा जिल्ला निवासी हुन् । यादव सिरहाको सूर्यनारायण, सत्यनारायण मोडबैता यादव बहुमुखी क्याम्पसका सह-प्राध्यापक हुन् । त्यसैगरी मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झा नियुक्त गरिएको छ।झालाई पनि सोही कार्यक्रममा नियुक्ति पत्र दिइएको हो । 

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादवलगायतको उपस्थिति थियो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.