गोरखामा म्याराथुन दौड
गोरखा : लिगलिगकोट-सिरानचोक-गोरखा दरबार म्याराथुन दौड सुरु भएको छ । गोरखा राज्यको स्थापना भएको साइतमा नेपालको उत्पतिदेखि जगसम्म भन्ने नाराका साथ बुधबार बिहान ७:१० बजे सुरु भएको दौड चित्रेपोखरी हुँदै गोरखा दरबारसम्म पुगेर सम्पन्न हुनेछ ।
रणसिंहदल गण, पालुङटार नगरपालिका सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाले आयोजना गरेको दौडमा ११४ जना प्रतियोगी सहभागी छन् । ४२ किलोमिटर दुरी रहेको म्याराथुन प्रतियोगितामा विजेताले १ लाख ५० हजार पुरस्कार पाउने छन् ।
दौडको पालुङटार नगरपालिकाका मेयर दिपक कडेल, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ र पृतनापति सागर थापाले उद्घाटन गरे । वि. सं. १६१६ साल भदौ २५ गते गोरखाको पसलाङ चौतारामा पुरोहित नारायण दास अर्यालले राज्यभिषेक गरेको अवसरमा प्रतियोगिता भएको हो। पर्यटकीय क्षेत्र विकास र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !