सुनसान बन्यो पशुपतिनगर

सुनसान बन्यो पशुपतिनगर

इलाम : दैनिक लाखौं रुपैयाँको कारोबार हुने पशुपतिनगर नाका डेढ महिनादेखि सुनसान छ। भारतीय सुरक्षाकर्मीले नाकामा २५ हजारभन्दा बढी नगद बोक्दा जफत गर्न थालेपछि भारतीय पर्यटक पशुपतिनगर आउन छाडेका छन्।

‘यो भीडभाड हुने सिजन हो तर सुनसान छ’, पशुपतिनगर उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष लीलादेवी श्रेष्ठले भनिन्। नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले शरीर खानतासी गरेर रकम जफत गर्न थालेपछि नेपाल आउने पर्यटक ह्वातै घटेको  श्रेष्ठले बताइन्।

दार्जेलिङबाट दैनिक आउने सयौं भारतीय पर्यटक पशुपतिनगर आएर कपडा, जुत्ता कस्मेटिक सामग्री खरिद गर्ने र यसबाट लाखौंको कारोबार हुने गरेको थियो। स्थानीय मिलन क्षेत्रीले भने,‘हाम्रो लागी दशककै सबैभन्दा खराब सिजन बन्यो यो वर्ष।’

खानतलासी बढेसँगै इलामबाट दैनिक बिरामी लिएर जाने गाडी तथा उपचार गर्न जाने बिरामीका परिवार मारमा परेका छन। उपचार गर्न ठूलो खर्च लाग्छ र उनीहरूले जोहो गरेको रकमसमेत सिमाना काटेर लैजान पाइदैन।

भारतको पश्चिम बंगाल, सिक्किम र भुटानसम्मका व्यापारीको कारोबार हुने पशुपतिगनर बजारमा भारततर्फको भन्सारले आयात निर्यातको कारोबार नगर्दा व्यापारीको कारोबार पनि ठप्प छ। भारतीय पक्षले भन्सारको कारोबार नगर्दा नेपालका उत्पादन वैधानिक रूपमा भारततर्फ निकासी हुन सकेको छैन।

व्यापार सुकेपछि अधिकांश व्यापारी भारतको सिलिगुडी, काठमाडौं, विराटनगर, बिर्तामोडलगायत सहर गएका छन्।

सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले भने, ‘गत वर्ष यो अवधिमा दैनिक ५० लाखको कारोबार हुने व्यापारिक केन्द्रमा अहिले मुस्किलले १० लाखसम्मको कारोबार हुने गरेको छ।’ २०३६ सालमा स्थापना भएको पशुपतिनगर बजारमा ९० प्रतिशत ग्राहक भारतीय पर्यटक, व्यापारी र सर्वसाधारण हुने गरेका थिए।

चीनबाट सोझै सामान भारतका विभिन्न सहरमा जाने गरेकाले पनि पशुपतिनगरको व्यापार घट्न थालेको संघका अध्यक्ष प्रमोद राईले बताए। उनले चीनले नुथला बोर्डर हुँदै भारततर्फ आफ्ना उत्पादन हुँदै निर्यात गर्न थालेपछि पशुपतिनगर बजार थलिन थालेको जानकारी दिए। पशुपतिनगरमा व्यापार गर्ने सात सय व्यापारीमध्ये अहिले तीन सय ५० हाराहारीमा मात्र छन्। व्यापार सुक्दै जाँदा अधिकांश व्यापारी विस्थापित भइ भारतको सिलिगुडी, काठमाडौं, विराटनगर, बिर्तामोडलगायत सहर गएका छन्।

इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा उत्पादित सामग्री निर्यात गर्न सहज र छोटो बाटो हुने पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन, प्लान्ट क्वारेइन्टेन खोल्न पहल गर्न सरकारलाई आग्रह गरे पनि सुनुवाइ नभएको अध्यक्ष राईले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.