मृत्यु भएको एक वर्षसम्म पनि पाइएन बिमा रकम

मृत्यु भएको एक वर्षसम्म पनि पाइएन बिमा रकम

दमौली : व्यास ११ निवासी बुद्धि केसी रोजगारीका लागि २०७३ पुष १ गते युएई गए । वैदेशिक रोजगारी जानुपूर्व उनले काठमाडौंमा १० लाख रुपैयाँको जीवन बिमा गराए । तर, उनमा क्यान्सरको रोग देखिएपछि कम्पनीले नेपाल फर्काइदियो । नेपाल आएर बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराएका उनको २०७५ असार ३२ गते मृत्यु भयो । मृत्यु भएलगत्तै केसी परिवारले जीवन बिमा गराएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको दमौली शाखामा बिमा रकम माग गर्दै निवेदन दिए ।

तर निवेदन दिएको एक वर्ष बितिसक्दा पनि कम्पनीले बिमा रकम दिन अस्वीकार गरेको छ । कम्पनीले बिमाको शर्त उल्लंघन भएको भन्दै मृतककी पत्नी निर्मलालाई रकम दिन नसकिने जवाफ फर्कायो । शाखा कार्यालयबाट सुनुवाई नभए पछि उनी निवेदन बोकेर काठमाडौं मुख्य कार्यालयमा पुगिन् । तर कम्पनीका अधिकारीहरुले आवश्यक कागजात समेत देखाउन मानेनन् ।

वैदेशिक रोजगारीका शिलशिलामा बिरामी भएको भन्दै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले तीन लाख रुपैयाँ उपचार खर्च दिए पनि आफैले प्रिमियम बुझाएको कम्पनीले बिमा रकम दिन अस्वीकार गरेपछि अहिले केसी परिवार पीडामा छ ।

पतिको वियोगमा रहेकी निर्मला पटक पटक बिमा कम्पनीमा पुग्दा कम्पनीका तर्फबाट उस्तै जवाफ आउँछ । 'पतीले छाडेर जानुभयो,' उनले भनिन्, 'आफूलाई पर्दा सहज होला भनेर गराएको बिमा रकम नपाउँदा पीडा भएको छ ।'

उपचार गर्दा लागेको ऋण तिर्नका लागि निर्मलालाई साहुले ताकेता गरिरहेका छन् । २२ लाख खर्च भइसकेको उपचारका क्रममा तीन लाख रुपैयाँ विभागले दिए पनि बाँकी ठूलो रकम तिर्न बाँकी छ । 

अनि पाउनुपर्ने रकम पनि नपाएपछि उनलाई हुनसम्मको सास्ती भइरहेको छ ।उनले भनिन्, 'पर्दा नदिने हो भने किन बिमा गराउनु, उनले प्रश्न गरिन्, 'अहिले आएर दिन मिल्दैन भन्न मिल्छ ?' कम्पनीले क्यान्सर भएकालाई बिमा रकम दिन नसकिने बताउने गरेको उनले उल्लेख गरिन् ।क्यान्सर भएकाले दिन मिल्दैन भन्छन्,' उनले भनिन्, 'अब म कहाँ जाउँ ?'

बिमा अभिकर्ता ध्रुव भट्टराईले आफूहरुले विदेश जानुअघि मात्र केसीलाई भेटेकाले उनका बारेमा थाहा नभएको बताए । 'उहाँलाई भेटेपछि बिमाको कुरा लिएर आउनुभएको थियो,' उनले भने, 'क्यान्सर भए नभएको थाहा भएन । अनि बिमा गरायौं ।'

इन्स्युरेन्सका शाखा प्रवन्धक भीम सिंहले उक्त रकम दिन नसकिने बताएका छन्। 'सामाजिक सञ्जालमा लेखेर वा पत्रिकामा गएर केही हुँदैन,' उनले भने, 'कहाँ गएर के सक्नुहुन्छ गर्नुस् ।' उनले आफूहरुले यस्तो अवस्थामा बिमा रकम दिन नसकिने बताए।

इन्स्युरेन्सका केन्द्रीय कार्यालयका कमल अर्यालले बिमा रकम नपाएको विषय आफूसमक्ष आएको भन्दै बिमा समितिको निर्णय कुरेर बसेको बताए ।'उहाँको उजुरी बिमा समितिमा गएको छ,' उनले भने, 'त्यहाँबाट निर्णय आएपछि आवश्यक कदम चाल्नेछौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.