अभावमा अनाथलय

अभावमा अनाथलय

इलाम : इलामको गोलाखर्कमा रहेको राहसल बाल अनाथलयमा बालबालिकाको चाप बढेसँगै निर्माण थालिएको अनाथ गृहमा आर्थिक अभाव खट्किएको छ।अनाथलयको भवन निर्माणका लागि चन्दा दिने वाचा गरेका दाताले समयमा रकम उपलब्ध नगराउँदा काम अघि बढ्न नसकेको निर्माण समितिका संयोजक चन्द्र राईले बताए । 

८ कोठासहितको २ तले भवन निर्माणको काम सात महिनाअघि सुरु भएको थियो । संयोजक राईले भने, ' सात लाख रुपयाँको उदारोमा सामान ल्याएर काम सक्न लागेका छौ।'

भवनमा टीभी , सीसी क्यामेरासहित जडान गरेर जिम्मा लगाउने तयारी गरेको राईले बताए । सम्पूर्ण काम सक्दा ४० लाख लाग्ने अनुमान गरिएको छ। अहिले आश्रममा १५ जना बालबालिका रहेका छन् । इलाम, झापा, पाँचथर, ताप्लेजुङ बाहेक बाबुआमाको टुंगो नभएका बालबालिका समेत आश्रममा रहेको संयोजक राईले बताए । 

२०६८ सालमा २ जना बालबालिकाबाट अनाथालय शुरु भएको थियो । सानो भवन थोरै आर्थिक स्रोतमा सञ्चालमा रहेको अनाथालयमा अहिले बालबालिका अटाउन समेत समस्या भएपछि स्वदेश र विदेशमा भएका नेपालीको सहयोगमा भवन निर्माण गरेको सदस्य तिम्सीनाले जानकारी दिए । 

इलाम नगरपालिका ९ गोलाखर्कका राजेन्द्र चौहानले संस्थाकै नाममा आठ रोपनी जग्गा निशुल्क दान गरी शुरु गरेको अनाथालयमा बालबालिकाको चाप बढ्दै गएको चौहानले बताए। 

आश्रमा रहेका बालबालिकाको शिक्षाका लागि नजिकै रहेको सुनाखरी बोर्डिङ स्कुलले ८ जना बालबालिकालाई निशुल्क पढाइरहेको छ। अनाथलयमा रहेका ६ जना बालबालिकको विभिन्न व्यक्तिले एसईईसम्मको शिक्षाको व्यवस्था गरिरहेका छन् । इलाम टी हाउसका हरि गुरुङले अनाथलयमा रहेको ३ जना बालबलिकाको जिम्मा लिएका छन्। त्यस्तै इलामकै प्रविण श्रेष्ठ ३ जना र चन्द्र राईले एक -एक जनाको जिम्मा लिएका छन् ।

संस्थामा हाल ८ रोपनी क्षेत्रफल जग्गा, एघार लाख पचास हजार अक्षयकोष, १ सानो पक्‍की भवन,१ भान्सा घर, ट्वाइलेट वाथरुम, रहेको छ भने एक गाई पनि पालेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.