बस दुर्घटनामा १२ यात्रु घाइते
दमौली : म्याग्दी १ बरचौर स्थित पृथ्वी राजमार्गमा दुई बस ठोक्किँदा १२ यात्रु घाइते भएका छन् । ऋषिङबाट दमौली आउँदै गरेको ग १ ख ७५३४ नम्बरको बसले पोखराबाट दमौली आउँदै गरेको ग १ ख ८५८२ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिँदा अघिल्लो बसमा सवार यात्रु घाइते भएका हुन् ।
यात्रु झार्न रोकिरहेका बेला अघिल्लो बसले पछिल्लोलाई ठक्कर दिएको थियो । घाइतेहरुको रत्नहरि अस्पताल दमौलीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।