पुलमाथि सेती नदी (तस्बिर)
दमौली : वर्षाका कारण तनहुँको दुलेगौंडाबाट ढोरफिर्दी जोड्ने सेती नदीको बहाव बढ्दा मंगलबार दिनभर पुल डुबानमा प¥यो । रातीदेखि परेको वर्षाका कारण मध्याह्नसम्म आवतजावतमा समस्या परेको थियो । पानी बढेर पुलबाट गएको थियो ।
दिनभर यातायात सञ्चालनमा नआए पनि केही ससाना सवारी साधन भने सोही पुलबाट आवतजावत गरेका छन् । बाँकीका लागि भने सेती केही मिटर पर अर्को पक्की पुल तयार पारिएकाले सवारी साधन सोही पुलबाट आवतजावत गर्ने गरेका छन् ।
सो क्षेत्रमा नदी कडा चट्टानी क्षेत्रबाट जाने र साँघुरो भएका कारण हरेक वर्षामा यस्तो समस्या देखिने गरेको छ ।