संविधान दिवसमा आँधीखोलामा र्याफ्टिङ्
![संविधान दिवसमा आँधीखोलामा र्याफ्टिङ्](https://annapurnapost.prixacdn.net/media/albums/Ryaftttina-_20190919065100_46p2kfxhvr.jpg)
स्याङ्जा : वन्डरफुल वालिङले संविधान दिवसका अवसरमा असोज ३ र ४ गते आँधीखोलामा साहसिक एवं मनोरञ्जनात्मक जलयात्रा (रयाफ्टिङ्) गर्ने भएको छ । पर्यटक भित्र्याउने उद्देश्यले आँधीखोलामा र्याफ्टिङको व्यवस्था गरेको हो।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको वालिङका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा प्रर्वद्धन गर्न र्याफ्टिआङको आयोजना गरिएको वण्डरफुल वालिङका कार्यवाहक अध्यक्ष आशिषप्रताप खाँणले बताए। उनले भने,' दुई दिने र्याफ्टिङसँगै सांगीतिक कार्यक्रम र वन्डरफुल वालिङ मोटरसाइकल र्याली पनि गरिनेछ।'
साहसिक, मनोरञ्जनात्मक एवं पर्यटन विकासलाई प्रवद्र्धन गर्ने खालका यस्ता कार्यक्रमलाई सहयोग गर्ने नगरप्रमुख दिलिपप्रताप खांणले प्रतिवद्धता जनाए । आन्तरिक पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आउँदो महिनामा गरिने बाइक र्यालीमा वालिङ नगरपालिका र गण्डकी प्रदेशले सहयोग गर्ने बताएका छन्।'आन्तरिक पर्यटकीय स्थलको पहिचान तथा प्रचारप्रसार गर्न वण्डरफुलको सहयोग महत्वपूर्ण छ, 'प्रमुख खाणले भने ।
वालिङमा असोज १७ गते भिजिट नेपाल र लुम्बिनी भिजिट २०१९ अन्र्तगत सुरताल म्युजिक टुरको सांगीतिक कार्यक्रम हुने भएको छ । कार्तिक ९ गते पहिले देश अनि विदेश भन्ने नाराका साथ भिजिट ट्वान्टी ट्वान्टीलाई प्रर्वद्धन गर्न ५० किलोमिटर बाइक र्याली र सांगीतिक कार्यक्रम तय भएको छ ।
बाइक र्यालीअन्तर्गत वालिङ खेलमैदानबाट सुरु भई बायाँटारी, अकलादेवी, सिर्सेकोट मैदान, डुम्रे भञ्याङ, सिर्कोट, स्वरेक मैदान, अमले हुँदै पुनः वालिङ मैदानमा आएर सकिनेछ ।वालिङ र भीरकोट गरी दुईपालिकाको ९ वडामा पर्ने रुटअन्तर्गत रहेका विभिन्न होमस्टेहरुको परिचय गराइने भएको वण्डरफुल वालिङका सचिव गणेश राउतले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)