नेकपाले गर्‍यो ऋषिङ गाउँपालिका बन्दको आह्वान

नेकपाले गर्‍यो ऋषिङ गाउँपालिका बन्दको आह्वान

दमौली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ऋषिङ गाउँपालिका बन्द आह्वान गरेको छ। आफ्नो माग अनुसार गाउँपालिकाको केन्द्र तय नभएको नेकपाले आइतबार गाउँपालिका बन्द आह्वान गरेको हो।  

नेकपाका गाउँपालिका इञ्चार्ज गञ्जसिं गुरुङका अनुसार आफूहरुको माग बमोजिम ढुंगाडेमा केन्द्र तय नगरी पोखरीभञ्ज्याङमा तय गर्न लागिएको भन्दै विरोधस्वरुप बन्द आह्वान  गरिएको छ। 

गत वर्ष गाउँपालिकाको गाउँसभाले सोही ठाउँमा कार्यपालिका भवन बनाउने निर्णय गर्दै अहिले शिलान्यास गर्ने तयारी गरिसकेको छ। गाउँपालिकाले भवन शिलान्यास तोकेकै दिन कार्यक्रममा अवरोध गर्ने गरी गाउँपालिका बन्द आह्वान भएको हो। 

नेकपाका सचिवालय सदस्य हरिराज कँडेलले सबैका लागि पायक पर्ने ठाउँमा भवन नबन्ने देखेपछि आफूहरु विरोधमा उत्रिएको बताए। ‘एउटा बाहेकका वडालाई अहिले बन्ने भवनले सेवा दिन सक्दैन’, उनले भने,‘त्यसमा हाम्रो विरोध हो।’ 

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने विरोधलाई अनावश्यक राजनीतिको संज्ञा दिए। ‘गाउँसभाले पारित गरिसकेको र सर्वदलीय सहमति भइसकेको विषयलाई राजनीतिक फाइदाका लागि उचालिएको छ,’उनले भने,‘हामी निर्णयबाटपछि हट्दैनौं।’ 

विगतमा सहमतिका लागि तीन महिना कुरिसकेको भन्दै अब गाउँपालिकाको विकास नरोकिने उनले बताए। ‘सबै नागरिकलाई पायक हुने ठाउँमा गाउँसभाले गरेको निर्णयबाट हामी तलमाथि हुन्नौं,’ गाउँपालिका अध्यक्ष श्रेष्ठले भने,‘सबै नागरिकको साथ र समर्थन हामीलाई छ।’ 

अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएर विजयी भएका थिए। गाउँपालिकाका सबै सिटमा कांग्रेसका जनप्रतिनिधि छन्। गाउँपालिकामा बन्दको प्रभाव नपर्ने र नागरिकको बाक्लो सहभागितामा कार्यक्रम सफल हुनेसमेत उनले दाबी गरे । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.