दसैंमा ५ लाखको पण्डाल

दसैंमा ५ लाखको पण्डाल

जनकपुरधाम : दसैंलाई भव्य र आकर्षक बनाउन जनकपुरमा लाखौं रुपैयाँ पण्डाल निर्माणमा खर्चिएको छ। स्थानीय युवा क्लबहरूको अगुवाईमा शक्तिपीठहरू दुलही झैं सजाइएका छन् भने रामानन्द र मुरली चोकमा भव्य दुर्गामाताको प्रतिमा निर्माण गरिएको छ।

राजा जनकको कुलदेवी राजदेवी माताको मन्दिरमा पाँच लाखभन्दा बढी खर्चेर भव्य स्वागतद्वार र पण्डाल बनाइएको छ। फूलले सजाएर झिलिमिली बत्ती लगाएपछि पण्डालको सुन्दरता अझ बढेको हो। मन्दिर वरिपरि सरसफाईमा विशेष ध्यान दिइएको छ। दसैंका बेला पूजापाठका लागि आउने सर्वसाधारणलाई व्यवस्थित रूपमा पूजापाठ गर्न महावीर युवा कमिटिले विशेष भूमिका निर्वाह गरेको छ। ‘पूजापाठलाई व्यवस्थित गर्न स्थानीय प्रशासनको सहयोगमा चार सयभन्दा बढी स्वयंसेवक परिचालन गरेका छौं’, कमिटिका अध्यक्ष सन्तोष साहले भने, ‘यसपालि वर्षाले पूजा व्यवस्थापनमा कठिनाइ भएको छ।’

मन्दिरमा भजन, सांस्कृतिक कार्यक्रमलगायत सम्पूर्ण व्यवस्थापनमा १० लाखभन्दा बढी खर्च हुने साहले बताएका छन्। रामानन्द युवा क्लबको अगुवाईमा पछिल्लो २० वर्षदेखि रामानन्द चोकमा हुँदै आएको दुर्गापूजा यसवर्ष पनि भव्य रूपमा आयोजना गरिएको छ। दुर्गाको प्रतिमा निर्माण र पण्डाल व्यवस्थापनमा हालसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको क्लबका अध्यक्ष मनमोहन साहले बताए।

‘प्रत्येक वर्ष दुर्गा पूजामा थप आकर्षण गर्न सुन्दर पण्डाल निर्माण गराउने गर्छौं’, साहले भने, ‘यसै समाजका व्यापारी, उद्योगी र सर्वसाधारणबाट संकलित सहयोग राशीले पूजाको तयारी हुन्छ र भव्य अयोजना गर्न सम्भव हुन्छ।’ यसपालि निरन्तर पानी परिरहँदा सहयोग राशी संकलन, पूजापाठ र पण्डालको सरसजावटमा समेत कठिनाइ भएको उनले थपे। स्थानीय मुरली चोकस्थित दुर्गा मन्दिरमा पनि भव्य प्रतिमा बनाई पूजापाठ भइरहेको छ।

पछिल्लो ४३ वर्षदेखि माटोको प्रतिमा स्थापना गरी दुर्गा आराधना गरिने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको हो। जनकपुर क्षेत्रमै पहिलादेखि यस चोकमा दुर्गाको माटोको प्रतिमा निर्माण गरी पूजा गरिने सुरुआत भएको हो। यसवर्ष प्रतिमा निर्माण र सजावटमा १५ लाखभन्दा बढी खर्च भएको दुर्गापूजा व्यवस्थापन समितिका संयोजक सुदर्शन सिंहले बताए। ‘हामीले पूजाका लागि चन्दा माग्नु पर्दैन, दाताले आफैं सहयोग गर्छन्’, सिंहले भने।

दसैंको अवसर पारेर प्रत्येक वर्षझैं यस वर्ष पनि उद्योग वाणिज्य संघ जनकपुरधामले सस्ता बजार लगाएको छ। स्थानीय गोपाल धर्मशालामा दैनिक उपभोग्य वस्तु सस्तो मोलमा पाउने बजार १९ गतेसम्म लाग्ने संघका अध्यक्ष ललित साहले जानकारी गराएका छन्। विभिन्न स्टलमा खाद्यान्न सामग्री, लत्ताकपडा र घरेलु उत्पादनका सामग्री सस्तो मोलमा पाउने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.