'धानको बाला झुल्यो खेतैमा'
तनहुँ : पहाडी जिल्ला तनहुँ धान अधिक खेती हुने जिल्लामा पर्दछ। समथर फाँट र भूभाग भएका जिल्लाका सबैजसो भागमा धान खेती हुन्छ। पृथ्वी राजमार्गको मुग्लिङ कटेपछि अहिले तपाई यात्रा गर्दै हुनुहुन्छ भने सडकको दायाँबायाँ दुवैतिर धान खेती भएको देख्नसक्नुहुन्छ। आज भने हामी तनहुँको पवित्र तीर्थस्थल छाब्दी बाराही नजिकैको समथर धान फाँटतर्फ तपाईंलाई लग्दैछौं।
कार्तिक र मंसिरमा काट्न ठिक्क हुने धानका बाला अहिले झुलिरहेको देख्न सकिन्छ। अहिलेसम्म सहरी अतिक्रमणले छोई नसकेको व्यास नगरपालिका १३ मा पर्ने यो धानको फाँट छाब्दी तीर्थका लागि आउने जोकोहीका लागि मनमोहक देखिन्छ। हेरौं अन्नपूर्णकर्मी पवन पौडेलले आज खिचेका केही तस्बिर।






तस्बिरहरुः पवन पौडेल
प्रतिक्रिया दिनुहोस !