गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा

गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा

भैरहवा : सन् २०२० देखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ। प्रशासनिक भवन पनि अन्तिम चरणमा पुगेको छ। मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ। टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडानलगायत काम सुरु भइसकेको छ।

आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गत भौतिक संरचना निर्माण अन्तिम अवस्थामा छ। टर्मिनल भवन फिनिसिङ र केही उपकरण जडानको काम भइरहेको छ।

विशेष गरी उपकरण जडानको काम मात्र बाँकी रहेको आयोजना प्रमुख अधिकारीको बताए। उपकरण जडान भएपछि भौतिक प्रगती बढ्ने उनले बताए। विमानस्थलको भौतिक पूर्वाधार तर्फ ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ। पछिल्लो समय ओभरहेड ट्यांकी निर्माण, टर्मिनल भवनमा छानो लगाउने काम एकसाथ अगाडि बढाइएको छ। ‘अब स–साना काम मात्र बाँकी छ। सबै उपकरण नआएकाले उपकरण जडान कार्यलाई अगाडी बढाउने सकिएको छैन’, आयोजना प्रमुख अधिकारीले भने, ‘युरोपेली देश, अमेरीका तथा चीनबाट आउने उपकरण बाटोमै छ।’ उपकरण आइपुगेपछि सम्भवतः सन् २०१९ डिसेम्बरसम्ममा विमानस्थलको काम सम्पन्न हुने अपेक्षा गरिएको छ।

सबै काम सकेर नेपाल भ्रमण वर्ष २०२० को पहिलो त्रैमासिकसम्ममा विमानस्थल सञ्चालनमा ल्याउने गरी प्रयास भइरहेको आयोजनाले जनाएको छ। आयोजनाले जनाएअनुसार विमानस्थल सञ्चालनको लागि आवश्यक पर्ने अध्यागमन, क्वारेन्टाइन, भन्सार, मौसम शाखा, सुरक्षा निकायलगायतका पदाधिकारीसँग छलफल अगाडी बढाइएको छ।

सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो।

सम्झौताअनुसार सन् २०१७ डिसेम्बर ३१ सम्म विमानस्थलको आइसीपी एकअन्तर्गतका भौतिक पूर्वाधारको सबै काम सक्नुपर्ने थियो। तर, विभिन्न कारणले निर्माण कम्पनीले समयमा काम नसकेपछि सन् २०१९ को डिसेम्बरसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी थप म्याद पाएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.