स्याङ्जामा फौजी किराले मकै बाली सखाप

स्याङ्जामा फौजी किराले मकै बाली सखाप

स्याङ्जा : स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकामा अमेरिकन फौजी किरा देखापरेका छन्। करिब एक सातादेखि अन्नबालीमा फोैजी किराको आक्रमण देखिएको हो।

मकैका पात, डाँठ, किराले खाएर सबै धुजाधुजा बनाएको छ। सिंगो पात त एउटा पनि छैनन्। रातभरमा सिंगो गह्राको धान नै सक्ने गरी फोैजी किराको आक्रमण बढेको स्थानीयको भनाइ छ। यहाँका किसानले लगाएको बेमौसमी मकैबालीमा किराको प्रकोप अत्यधिक देखिएको छ। बेमौसमी मकै उत्पादन गरी राम्रो आम्दानी लिने उद्देश्यले लगाइएको मकै खेतीमा किराले क्षति पुर्‍याएपछि किसान चिन्तित छन्। यतिबेला मकै गोडमेलका लागि तयार छन्।

गल्याङ नगरपालिकाले बेमौसमी मकै बजारमा ल्याउने उद्देश्यका साथ मकैको बिउ वितरण गरेको थियो। नगरका केही वडाका किसानले लगाएका हाइब्रीड र स्थानीय जातका लगाएका मकै अहिले गोडमेलका लागि तयार छन्। नगरपालिकाले पनि किसानका लागि हाइब्रिड मकै वितरण गरेको जनाएको छ। वालिङ नगरपालिका १० मा पनि फौजी किराको आक्रमणले मकैका बोटका पात टुक्रयाइदिएको छ।

मकैको गुबामा बसेका लार्भासहितले मकैको गुवासँगै कलिला पात खाएको छ। गुबो नै खाएपछि फल पनि राम्रो नलाग्ने कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारी बताउँछन्। उनका अनुसार वालिङ र गल्याङ नगरपालिकामा देखिएका अमेरिकन फौजी किरा हुन्। धेरै समूहमा हुने र धेरै क्षति पुर्‍याउने भएकाले यिनीहरूको नाम फौजी किरा राखिएको हो।

सुरु नियन्त्रणका लागि तत्काल जैविक विधि अपनाउन सकिएता पनि संक्रमण बढी भएको हँुदा औषधिको प्रयोग गर्नुपर्छ। कृषि ज्ञान केन्द्र, नगरपालिकाका कृषि प्राविधिक सहितको टोलीले निरीक्षण गरी मकैमा फौजी किराको प्रकोप भएको ठहर गरेको छ। अन्नबालीमध्ये १ सय २१ जातमा फोैजी किराले आक्रमण गर्ने भएता पनि सबैभन्दा बढी मकैका पात तथा डाँठ फौजी किराले निकै मन पराउने हुनाले यसले मकैलाई आक्रमण गर्ने कृषि प्रमुखकोे भनाइ छ।

‘फौजी किराको संख्या बढी हुने र बेलुकाको समयमा बढी सक्रिय हुने गर्दछ। सुरुमा पातमा, गुभो हँुदै जँुगासम्म पुगेर मकैको डाँठ भित्रभित्रै नष्ट बनाउँछ’, प्रमुख अधिकारीले भने, ‘पात नै नष्ट पारेपछि बिरुवाले खाना बनाउन नसक्ने हुँदा अब फल लाग्ने सम्भावना पनि निकै कम हुन्छ।’ संख्यात्मक रूपमा धेरै हुने हँुदा फौजी किरा भनिएको र यो लार्भा अवस्थाको भएकोले एक ठाउँबाट उडेर अर्को ठाँउसम्म पनि यी किराले असर पार्ने गर्दछ।

मौसमकै परिवर्तनसँगै फैलने यस्ता प्रकारका किरा नियन्त्रणका लागि साइपरमेथ्रिन, डेल्टामेथ्रिन र क्लोरोपाइरिफस विषादी १÷२ एमएल प्रतिलिटर पानीमा घोलेर खेतबारीमा छर्नु पर्ने प्राविधिकको भनाइ छ। फौजी किराको प्रभाव देखिनासाथ ३÷४ दिनमै नियन्त्रणका लागि औषधिको प्रयोग गर्नुपर्ने कृषिअधिकृत ईश्वरी अर्यालको सुझाव छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.