बस दुर्घटनामा चालकको मृत्यु, एक घाइते
दमौली : डुम्रे बेसिसहर सडकअन्तर्गत तनहुँको भानुमा मंगलबार भएको बस दुर्घटनामा परी चालकको ज्यान गएको छ। मृत्यु हुनेमा चालक भानु ६ निवासी २१ वर्षीय अनिल सार्की छन् । डुम्रेबाट पाउँदीतर्फ गैरहेको ना ३ ख ९७६८ नम्बरको बस भानु १० नेपालडाँडामा दुर्घटनामा परेको हो। तीन जना यात्रु मात्र सवार बस दुर्घटनामा चालकसहित अरु दुई घाइते भएका थिए ।
घाइते चालकको उपचारका क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए। घटनाका क्रममा बस सडकबाट १० मिटर जति तल खसेको थियो।
प्रतिक्रिया दिनुहोस !