केटी जिस्क्याउँदा टाउकामा २६ टाँका

केटी जिस्क्याउँदा टाउकामा २६ टाँका

दमौली : व्यास १ हाइस्कूलटारमा दुई समूहबीच भएको विवादमा परी एक युवा गम्भीर घाइते भएका छन्। मंगलबार राती दुई समूहबीच जम्काभेटका क्रममा भएको विवादमा धारिलो हतियारको प्रहारबाट व्यास १ भादगाउँका १८ वर्षका गणेश वंशी ठकुरी घाइते भएका हुन्। 

घटनालगत्तै साथी र स्थानीयले उनलाई दमौली अस्पताल लगेका थिए। उनको टाउकोमा २६ टाँका लगाइएको छ। दमौली अस्पतालमा उपचार पश्चात थप उपचारका लागि ठकुरीलाई पोखरा रिफर गरिएको प्रहरी उपरीक्षक विनोद शिलवालले जानकारी दिए। घटनामा संलग्नहरुमाथि अनुसन्धान भइरहेको उनले बताए। 

‘केही संलग्न पक्राउ परेका छन्,’ उनले भने,‘बाँकीको खोजतलास भइरहेको छ।’ घटनालगत्तै संलग्नताको आशंकामा प्रहरीले १० जनालाई पक्रिएको थियो। अनुसन्धानपश्चात अरु छुटे पनि तीन जना प्रहरी नियन्त्रणमै भएको उपरीक्षक शिलवालले जानकारी दिए। बाँकीको खोजी भइरहेको छ।

नृत्य सिक्न गएका र सिकेर फर्केका दुई समूहबीच हाइस्कूलटारमा एक्कासी भेट भएपछि विवाद भएको थियो। युवतीलाई जिस्क्याएको भन्दै एक समूहले ठकुरीलाई आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ। झण्डै १० को संख्यामा रहेका युवाहरूले ठकुरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। उनीसँगै रहेका अरु दुई साथी  प्रतिवादमा उत्रिएपछि आक्रमण गर्ने समूह फरार भएको थियो। 

पीडितबाट जाहेरी नपरे पनि अनुसन्धान अघि बढाइएको प्रहरी नायब निरीक्षक नारायण पौडेलले बताए। घाइते पोखरा अस्पतालबाट आएपछि अनुसन्धान थप अघि बढाउन सहज हुने भनाइ प्रहरीको छ। 

व्यास ३ दमौलीमा अर्को झडप भएको छ। बाराही बोर्डिङ स्कूलनजिक झडप हुँदा व्यास ३ का २७ वर्षीय विनोद कार्की घाइते भएका छन्। उनीमाथि आक्रमण गर्ने व्यास १० डिहिगाउँका १८ वर्षीय रमेश कुमाल प्रहरी नियन्त्रणमा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.