निलम्बित सांसद आलमलाई थप आठ दिन थुनामा राख्न अनुमति
काठमाडौं : हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताब आलममाथि थप अनुसन्धान गर्न पुन: ८ दिनको म्याद थप गरिएको छ। यसअघि थपिएको ५ दिनको म्याद बिहीबार सकिएपछि आलमलाई शुक्रबार जिल्ला अदालत रौतहट लगिएको थियो।
रौतहटका न्यायाधीश केशवराज पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसिकएपछि अदालतले थप आठ दिनको म्याद दिएको हो। १२ वर्षअघि इँटाभट्टामा जलाएर दुईजनाको हत्या गरेको अभियोग लागेका सांसद मो अफ्ताब आलमलाई असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो।
२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको उनीमाथि आरोप लागेको छ।
प्रतिक्रिया दिनुहोस !
३