उपभोक्ताको गुनासो समाधान गर्न ‘जनगुनासो एप्स’

उपभोक्ताको गुनासो समाधान गर्न ‘जनगुनासो एप्स’

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार उपभोक्ताको गुनासो समाधान गर्न ‘जनगुनासो एप्स’नामक एप्स सार्वजनिक गरेको छ। शुक्रबार मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा विभागीय मन्त्री मातृकाप्रसाद यादबले उक्त एप्सको उद्घाटन गरेका हुन्।

बिहीबारदेखि नै उक्त एप्स सञ्चालनमा आएको मन्त्री यादबले बताएका छन्। सार्वजनिक गरिएको एप्सको सहयोगमा उपभोक्तालाई आफ्नो अधिकार संरक्षण गर्न जागरुक बनाउनुका साथै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई पारदर्शी तथा जिम्मेवार बनाउने मन्त्री यादबले जानकारी दिए।

एप्सको सहयोगमा व्यवसायीलाई उपभोक्तामुखी बनाउनुका साथै बजारलाई स्वच्छ तथा प्रतिस्पर्धी बनाउने विषयमा आफु विश्वस्त रहेको भन्दै मन्त्री यादबले भने,‘एप्सको कार्यान्वयनले गर्दा उपभोक्ताको गुनसोको संख्या बढ्ने र त्यसअनुसार कारवाहीको लागि विभाग थप सक्रिय हुनुका साथै व्यवसायीको क्रियाकलाप तथा बजार स्वच्छ र उपभोक्तामुखी बन्ने विश्वास लिएको छु।’

हाल गुगलको प्ले स्टोरमा यो एप्स उपलब्ध गराइएको छ। विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार उपभोक्ताले यो एप्स मोबाइलमा प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन्। उपभोक्ताले एप्समार्फत आफूलाई लागेको गुनासो लेखेर सोझै विभागलाई पठाउन सक्नेछन्। पठाएको गुनासो सम्बोधन भएको वा हुन नसकेको विषयमा एप्समार्फत उपभोक्ताको मोबाइलमा एसएमएस आउने प्रणाली विकास गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.