फरक समुदाय जोड्दै छठ

फरक समुदाय जोड्दै छठ

इटहरी : इटहरी–८ की राधा पौडेल इनरुवामा हुर्किइन्, बढिन्। त्यहाँ सानिमाले छठ मनाएको देखेरै उनमा पनि छठ पर्वप्रति आस्था र विश्वास जाग्यो। ‘सानिमाले पूजा गर्दा र ब्रत बस्दा ठेकुवाहरु पकाउन सघाउँथ्यौं, खोलामा पनि सँगै जान्थ्यौं,’ उनले भनिन्, ‘त्यसो गर्दा गर्दै मैले पनि ब्रत बस्न थालेको १४ वर्ष भयो।’

भट्टराई थरकी सानिमाले समुदायको संगतमा छठ मनाउन थालेकी थिइन्। जसलाई पौडेलले पनि सिको गरिन्। ३७ वर्षीया पौडेलसँगै उनकी दुई जना दिदीहरू पनि वर्सेनि छठमा तीन दिन ब्रत बस्छन्। ‘आज बिहान लौका र भात खायौं। बेलुका फलफूल खाएर बस्छौं, छठको ब्रत अत्यन्त कडा हुन्छ, तर शरिरले थेग्नसक्नेसम्म मात्र ब्रत बस्छौं’, उनले भनिन्।

कुनै व्यवधान आउन नदिन सचेत रहनुपर्ने भएकाले छठको ब्रत त्यति सजिलो नभएको उनको भनाइ छ। दुई÷तीन वर्षअघिसम्म इनरूवा नै पुगेर ब्रत बस्ने गरे पनि अहिले छठ मान्न खनारस्थित दिदीको घर जान्छिन्। त्यहीँ नहरमा बनाइएको घाटमा बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन्छिन्।

खासगरी छठ तराईवासीहरूको पर्व हो। तराईमा पनि सीमित समुदायले मनाउने छठ पछिल्लो समय भने दसैं, तिहारजस्तै समाजिकिकरण बन्दै आएको छ। सांस्कृतिक घुलनको यो निकै अनुपम नमुना बनेको छ। ‘थारू, चौधरीहरूको पनि पर्व होइन छठ, मि िश्रत समुदायका कारण एकले अर्काको पर्व मनाउने संस्कृति स्थापीत हुँदै आएको छ’, इटहरीका रघु चौधरी भन्छन्, ‘अहिले त थारू, चौधरी, राई–लिम्बु, पहाडे बाहुनक्षेत्री सबैले मनाउँदैछन्।’

चौधरीको घर इटहरी–७ गैसारमा छ। त्यहाँ रहेको पोखरीमा घाट बनाएर छठ मनाइने गरिन्छ। घाट सजाउने र ब्रत लिइ पूजा गर्नेमा वरपरका हरिजन समुदायसमेत छन्। यसरी हेर्दा सांस्कृतिक मात्र होइन, जातिय घुलनकोसमेत अभ्यास बनेको छ छठ।

‘यहाँ सबै समुदाय मिलेर एकै ठाउँमा छठ मनाउँछन्, एउटै खोला, पोखरीछेउ बसेर एउटै सूर्यलाई अघ्र्य दिन्छन्’, इटहरीस्थित छठ व्यवस्थापन समितिका सचिव वासु कर्णले भने, ‘यसले जातीय विभेदलाई पनि निरूत्साहित गरेको छ।’

नेपाली सांस्कृतिक विविधता फैलँदो छ। दसैं, तिहार, छठ, रक्षा बन्धन, तीज, फागु, विश्वकर्मा पूजा, सरस्वती पूजाजस्ता चाडपर्व सबै जाति, समुदायको साझा बनेको छ। प्रकाशपुर मंगलवारेका उमेश राई पनि यो वर्ष छठ पूजा गर्ने तयारीमा छन्। वरपरका सबैले मनाएको देखेपछि आफूलाई पनि छठ मनाउन रहर जागेको बताउँछन्।

उनी पनि अरू जस्तै ब्रत लिएर सूर्यलाई अघ्र्य दिन्छन्। उनले भने, ‘हाम्रो परिवारको लागि यो त चलनै भइसक्यो।’ सुनसरीका विभिन्न खोला, नहर तथा पोखरीहरूमा छठ पूजाको लागि घाट बनाउने काम पूरा भएको छ। इटहरी, इनरूवा, दुहबी लगायतका स्थानमा स्टल बनाउने र आवश्यक विद्युत् व्यवस्थापनको काम सकिएको छठ आयोजक समितिले जनाएको छ।सुनसरीको इटहरी र मोरङको सुन्दरहरैंचा सीमामा पर्ने बुढी खोलामा छठका लागि ४२५ वटा स्टल बनाइएको छ। यो पटक त्यहाँ सूर्यदेवको स्थायी मन्दिर नै निर्माण गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.