घर बनेको पत्र लिँदा ५ लाख घुस लिए इन्जिनियरले
काठमाडौं : घर बनेको पत्र लिँदा ५ लाख घुसलिने ३ जना इन्जिनियरमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ। टोखा नगरपालिका-६ स्थित, लायन्स इन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरी, टोखा नगरपालिकाका इन्जिनियर दिनेश कुमार पाठक र लेखापढी व्यवसाय गर्ने जयराम तिमिल्सिनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।
अख्तियारले मिलेमतोमा घरको निर्माण सम्पन्न प्रमाणपत्र बनाउनका लागि घुस लिने तिनै जनाविरुद्ध मुद्दा दायर गरिएको छ। ओभरसियर चौधरीले सेवाग्राहीलाई आफ्नै कन्सल्टेन्सीमा बोलाई ५ लाख घुस लिएका थिए।
इन्जिनियर पाठकले चौधरीमार्फत घुस लिन लगाएको पुष्टि भएको छ। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबी सहित मुद्दा दायर गरिएको हो।
प्रतिक्रिया दिनुहोस !