बागलुङमा जनमोर्चाका शाहीको मनोनयन दर्ता

बागलुङमा जनमोर्चाका शाहीको मनोनयन दर्ता

बागलुङ : प्रदेश सभा सदस्यको उपनिर्वाचनमा बागलुङमा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीको मनोनयन दर्ता भएको  छ ।  आगामी मंसिर १४ मा हुने बागलुङ क्षेत्र नम्बर २ को 'ख' का लागि बामगठबन्धनबाट साझा उम्मेदवार राजमो जिल्ला सदस्य शाहीको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिएको हो। 

नेपाल कम्युनिस्ट पार्टीको सरदमुकामस्थित पार्टी कार्यालयबाट बाजागाजासहितको र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको राजमो जिल्ला अध्यक्ष अमर थापाले बताए । 

नेपाल कम्युनिस्ट पार्टीको जिल्ला र तल्लो तहका नेता, कार्यकर्ता एकल चुनावी मैदानमा जाने तयारीमा भए पनि केन्द्रीय तहबाट गठबन्धन बनाएर बागलुङमा राजमोलाई सघाउने निर्णय गरिएको थियो । 

कांग्रेसले भने उम्मेदवारी मनोनयन गर्ने क्रममा छ । कांग्रेसका तर्फबाट यसअघि पनि प्रत्यासी बनेका जित शेरचनलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रबाट प्रदेश सभा सदस्य बनेका राजमोका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि उपचुनाव हुन लागेको हो ।

 यसअघिको चुनावमा पनि राजमो र तत्कालिन नेकपा एमाले, माओवादी केन्द्रको गठबन्धन बनेको थियो । यस क्षेत्रमा ३६ हजार ९ सय मतदाता उपचुनावमा सहभागी हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.