सकियो चलचित्र महोत्सव

सकियो चलचित्र महोत्सव

वीरगन्ज : वीरगन्जमा आयोजित ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ।

तराई–पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नाराका साथ आयोजित ३ दिने महोत्सव शनिबार सकिएको हो। मधेशमा पहिलो पटक आयोजित महोत्सवले मधेशका कला, भाषा र प्रतिभाहरूको पनि पहिचान दिलाउन सफल भएको कलाकारहरुले बताएका छन्।

‘मधेसमा पहिलोपटक वीरगन्जको भूमिममा आयोजित चलचित्र महोत्सवले मधेशका भोजपुरी र मैथली भाषका कलार प्रतिभालाई देशमा मात्र नभई विदेशमा पहिचान दिलाउन सफला  भएको छ’ भोजपुरी गायक सुनील पण्डित भन्छन्, ‘आगामी दिनमा यहाँका कलकार र प्रतिभाहरुले पनि नेपाली रजतपटमा स्थान पाउने विश्वास लिएको छु।’

शनिबार आयोजित महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै संघीय सांसद प्रदीप यादवले पनि काठमाडौंमा मात्रै केन्द्रित नेपाली चलचित्र क्षेत्र पहिलो पटक मधेशमा प्रवेश गरेको महसुस भएको बताए।

महोत्सव आयोजक नेपाल चलचित्र निर्माता संंघका अध्यक्ष आकाश अधिकारीले आफूहरुले सोचेको भन्दा पनि अझ भव्य रूपमा महोत्सव सफल भएको बताए।

वरिष्ठ कलाकार नीर शाहले नेपाली चलचित्र क्षेत्रलाई राष्ट्रिय उद्योगका रूपमा मान्यता दिलाउन पनि चलचित्रर्कीहरू संघर्षरत रहेको बताए।
 
आयोजक नेपाली चलचित्र निर्माता संघका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको समापन समारोहमा वरिष्ठ चलचित्रकर्मी एंव कलाकार बसुन्धरा भुसाल, लक्ष्मी गिरी, सुभद्रा अधिकारी , निरुता सिंह , नम्रता श्रेष्ठलगायतको उपस्थिति थियो। 
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.