स्वास्थ्य संस्था टाढा हुँदा उपचारमा धामीकै भर

स्वास्थ्य संस्था टाढा हुँदा उपचारमा धामीकै भर

गोरखा : चुमनुब्री गाउँपालिका–३ न्याककी महिला स्वास्थ्य कार्यकर्ता लक्ष्मी गुरुङ बिहान बनाएर ६ बजे नै बारीको काममा जान्छिन्। आठ बजे खाना खान आउँछिन्। नौ बजे पुनः काममा गएपछि एकैचोटि साँझ ६ बजे फर्कन्छिन्। समयमै खान नपाउँदा उनलाई ग्यास्ट्रिकको समस्या छ। गाउँका प्राय सबैलाई ग्यास्ट्रिकको समस्या रहेको उनी बताउँछिन्।

४४ घरधुरी रहेको न्याक गाउँमा स्वास्थ्य संस्था छैन। सिर्दिवास स्वास्थ्यचौकी न्याकका लागि सबैभन्दा नजिकको स्वास्थ्यचौकी हो। त्यहाँसम्म पुग्न चार घण्टा लाग्छ। बिरामीलाई त स्वास्थ्य संस्था पुग्न सकस नै हुन्छ। ‘रातभर ग्यास्ट्रिकका कारण पेट दुखेर रून्छन्। भोलिपल्ट बिहान उठेर काममा नगइ सुखै छैन’, स्थानीय दिपेस गुरुङ भन्छन्, ‘यहाँ सामान्य समस्या हुँदा बिरामी नै भएको ठान्दैनन्। नजिक उपचार गर्ने ठाउँ नहुँदा रोग पालेर बस्नुको विकल्प छै। सिकिस्त भएपछि मात्रै काठमाडौं जाने गरिन्छ।’

न्याक गाउँमा करिब १५/२० जना क्षय रोगका बिरामी छन्। ‘गाउँको घर होचो हुन्छ। अनि दाउराको चुलोमा खाना बनाउँदा बेस्सरी धुवाँ उँठ्छ। भान्से मात्र होइन, परिवारलाई नै समस्या हुन्छ। त्यसमाथि पनि गाउँका धेरैजसो धुम्रपान, मध्यपान गर्छन्’ उनले थपे, ‘त्यसैले क्षयरोगी धेरै भएका हुन्। सिकिस्त भएपछि सहरमा उपचार गर्न जाने अधिकांशमा क्षयरोग नै देखिन्छ।’

औषधि उपचारका लागि समय धेरै लाग्ने भएकैले गाउँका अधिकांश बिरामी धामीझाँक्री कहाँ नै जान्छन्। बाटो धेरै उकालो र समय धेरै लाग्ने हुँदा गाउँका सबै उपचारका लागि धामीकहाँ नै जान बाध्य भएको अर्की स्थानीय ललीता गुरुङले बताइन्। स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्यप्रति हेलचœयाइँ गर्ने परम्परा रहेको सिर्दिवास स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी सोनी गुरुङ बताउँछिन्।

‘यहाँ आउने अधिकांश बिरामीमा क्षयरोग भेटिएको छ’, उनले भनिन्, ‘काठमाडौंका अस्पतालमा पुगेका यहाँका बिरामीमा पनि क्षयरोग भेटिएको सुनिन्छ।’ समयमै परीक्षण गर्न नआउने र नियमित औषधि नखाने गर्नाले बिरामी बढेको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.