विप्लव समूहले कब्जा गर्‍यो विवादित जग्गा

विप्लव समूहले कब्जा गर्‍यो विवादित जग्गा

दमौली : नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपाको जनपरिषदले व्यास १२ घाँसीकुवामा जग्गा कब्जामा लिएको घोषणा गरेको छ । पार्टीले घोषणा गरेको जनपरिषदको व्यास नगर कमिटीले जग्गा लेनदेनको मामिलामा गुमराहमा पारेर गलत व्यक्तिको नाममा राखिएको भन्दै विवाद समाधान नहुँदासम्म जग्गा कब्जामा लिइएको घोषणा गरेको छ।

व्यास १२ घाँसिकुवामा कर्लुङ ८÷ङ कित्ता नं १२ को ३३ रोपनी जग्गा १३ वर्ष पहिल्यै स्वर्गीय धनबहादुर मगरको जग्गा उनकी श्रीमतीलाई झुक्याएर राजिनामा पास गरिए पनि मोलिएको रकम एक करोड रुपैयाँ नदिइएको आरोप परिषदका व्यास नगर प्रमुख बताउने दीक्षितले आरोप लगाएका छन् । 

उनले जालसाँजीमार्फत भू-माफियाको चलखेलमा परेर धनी नै पीडित भएको आरोप लगाए । जग्गा १३ वर्ष अघि नै अमरसिंह खातीबाट प्रतापसिं गुरुङहुँदै हाल धादिङ घर भई पोखरा बस्ने राम नेपालीको नाममा पुगेको विज्ञप्तिमा उल्लेख छ । 

एक करोड रुपैयाँ मूल्यमा टुङ्याएर  राजिनामा गरेको भए पनि पीडित धनबहादुरको परिवारले रकम नपाएको भन्दै परिषदले जग्गा एक महिनाभित्र फिर्ता गर्न वा हालसम्मको ब्याजसहित रकम तिर्न माग गरेको छ। 

सिधा, सोझा र इमान्दार व्यक्तिलाई षडयन्त्रपूर्ण रुपमा पीडित बनाइएको भन्दै विज्ञप्तिमा विवादित जग्गा दुई पक्षबीच निर्णायक सहमति नहुँदासम्म किनबेच नगर्न चेतावनी दिइएको छ । परिषदले सहमतिबीना किनबेच भएमा आउने अवस्थाको जिम्मेवार बन्न समेत सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । परिषदले विवादित भनिएको जग्गामा पार्टीको ब्यानर टाँगेको छ ।

ब्यानरमा पनि उचित मूल्य नतिर्दासम्म किनबेच गर्न रोक लगाइएको भन्दै किनबेच भएमा आउने अवस्थाको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.