सुत्केरीको दुवै मिर्गौला फेल, शिशुको बिचल्ली

सुत्केरीको दुवै मिर्गौला फेल, शिशुको बिचल्ली

कुश्मा : पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमिकी सत्केरीको दुवै मिर्गौला फेल भएका छन्। कात्तिक १७ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियामार्फत बच्चा जन्माएकी २३ वर्षीया विसका परियारका दुवै मिर्गौला फेल भएको हो।

शल्यक्रिया गरी बच्चा निकालेको १८ घण्टा सम्म पनि पिसाव नभएपछि मिर्गाैलामा खराबी भएको आशंकामा परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले जानकारी दिइन्।

कात्तिक ६ गते विसकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकोले धौलागिरी अञ्‍चल अस्पताल बागलुङमा रिफर गरिएको थियो। कात्तिक १७ गते गण्डकी हस्पिटलमा शल्यक्रिया गरी विसकाको छोरी निकालियो। शल्यक्रियाको २४ घण्टासम्म पिसाब नहुँदा उनको शरीर र पेट फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गर्दा दुवै मिर्गौला फेल भएको देखिएको थियो। अहिले उनको अवस्था जटिलब बन्दै गएको छ। उनलाई सोही अस्पतालको आइसीयुमा भर्ना गरी उपचार भइरहेको छ।

आमाको दुवै मिर्गौला फेल भएपछि पोसिलो दूध चुस्नुपर्ने शिशुको विचल्ली भएको छ। बच्चालाई संक्रमण हुनबाट जोगाउन आमासँगै राख्न नमिलेको बिसकाकी जेठानी सविताले बताइन्। एक–एक दिनको अन्तरमा उनका मिर्गौलाको डायलासिस गर्नुपरेको परिवारले जनाएको छ।

चिकित्सकले कम्तीमा ३ सातासम्म डायलसिस गर्नुपर्ने बताएका छन्। बिसकाको शरीर फुलेकोले नशाले राम्रोसँग रक्त सञ्चार गरिरहेका छैनन्। रक्तनलीको समस्याका कारण हातबाट दिएको रगत सञ्चार नभएपछि घाँटीको नशामा प्वाल पारेर दिइएको छ। डायलासिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएमा उनका दुवै मिर्गौला फेर्नुपर्ने चिकित्सकको सुझाव छ। नवजात शिशुलाई ल्याक्टोजीन खुवाइको सविताले बताईन्। सविताले भनिन्, ‘आमालाई बचाउन पाए छोरीको प्राण बाँच्ने थियो।’ विसकाका पति विनय कुस्मा–बागलुङ चल्ने बसमा सहयोगीको काम गर्छन्।

विसकाकी जेठानी सविताले आमा–छोरी दुवैलाई बचाउन सहयोगको अपिल गरेकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.