जहाँ पितृको सम्झानामा भुस पोलिन्छ (फोटोफिचर)

जहाँ पितृको सम्झानामा भुस पोलिन्छ (फोटोफिचर)

बागलुङ : बागलुङ जिल्लाको ताराखोला गाउँपालिका देशभरमै स्रोत साधनमा धनी मानिन्छ । स्थानीय स्रोत साधनको सम्भावनाले मात्र होइन, संस्कृतिले पनि धनी छ । यहाँ अरु गाउँमा भएका ऐतिहासिक परम्परागत कला संस्कृतिभन्दा भिन्न, पृथक र अनौठा लाग्ने संस्कृति अहिले पनि प्रचलनमा छन् । जसमध्येको एक हो भुस पोल्ने पर्व । 

ताराखोला गाउँपालिकाको २ अर्गलमा मनाइने परम्परागत चाड हो यो। यो हरेक वर्षको कात्तिक अन्तिम साता यहाँका मगर समुदायले मनाउने गरेका छन् । पाल्पाको अर्गलीबाट बसाई सरी आएका मगरले खोरिया फाँडेर झारपात पोली अन्नबालीको खेती सुरु गरेको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।

अर्गली मगरहरुले घामको झुल्कोसँगै विधिवत रुपमा पूजाअर्चना गरी भुस पोल्न सुरु गर्दछन् । उनीहरुले यो पर्वको अवसरमा वर्षभरि मृत्यु भएका पितृहरुको सम्झानामा पितृ पूजा समेत गरेर वर्ष दिनको दुःख समेत फुकाउने गर्दछन् । 

कहिलेदेखि भुस पोल्न थालिएको हो भन्ने बारेमा एकिन जानकारी नभएपनि पूर्खाको प्रचलनअनुसार आफूहरुले पनि निरन्तरता दिएको शिक्षक सूर्य घर्तीले जानकारी दिए । यस वर्ष ताराखोला गाउँपालिकाले भुस पोल्ने पर्वमा गाउँपालिकामा सार्वजनिक बिदा समेत दिएको छ। यो समयमा भुस पोलेर छापे खनेपछि वर्षभरीका लागि दुःख फुकेको मानिने प्रचलन छ ।

विशेषगरी अर्गलमा भुस पोलिए पनि ताराखोला क्षेत्रभरमै एकै समयमा गरिन्छ । सुरुमा अर्गलमा भुस पोलेर धुवा देखिए पछि सोही समयमा पारि हिलमा भुस पोल्ने र हिलमा भुस पोलेको देखिएपछि तारखोलामा भुस पोल्ने गर्दछन् ।

यो मेला अनौठो मानेर हेर्न जाने क्रम वर्षेनी बढ्दो क्रममा रहेको स्थानीय बताउँछन्। भुस पोल्ने पर्वको अवसरमा स्थानीय अर्गल खेलकुद विकास मञ्चले विशेष मेलाको समेत आयोजना गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.