दमौलीमा टिपर दुर्घटना : ७ घाइते, १ को अवस्था गम्भीर

दमौलीमा टिपर दुर्घटना : ७ घाइते, १ को अवस्था गम्भीर

दमौली : कास्की र तनहुँको सीमानामा भएका सवारी दुर्घटनामा ७ जना घाइते भएका छन्। तनहुँ शुक्लागण्डकीको कोत्रे खोला पुलमा भएको उक्त दुर्घटनाका घाइतेमध्ये एकको अवस्था गम्भीर छ। 

शनिबार बिहान ग १ ख ७८४७ नम्बरको टिपरको ठक्करबाट ग २ च ५४६९ नम्बरका टोयोटा जीप चालक युवराज भट्टराई गम्भीर घाइते भएका छन्। सोही टिपरले पोखराबाट दमौलीतर्फ आउँदै गरेको कारलाई ठक्कर दिँदा चालक प्रतिमा पोख्रेल पनि घाइते भएकी छन्। 

दुबैको मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदैछ। कारसँगै सोही टिपरले जिपलाई समेत ठक्कर दिएको थियो। नम्बर नखुलेको अर्को जिप पनि क्षतिग्रस्त छ। सो जिपमा सवार ५ जना घाइते भएका छन्। उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। टिपरले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.