इलाममा बस र मोटरसाइलक दुर्घटना हुँदा १२ घाइते
इलाम : मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङ्ग र नेपालटारमा शनिबार सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। मोरङको राजघाटबाट कन्याममा वनभोज खाएर फर्कँदै गरेको बस मेची राजमार्गको रोङ गाउपालिका ३ कोल्बुङमा शनिबार अपराह्न ४ बजे दुर्घटनामा हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ।
को १ ख ५३३८ नम्बरको बस दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरी चौकी किटेनीका प्रहरी नायव निरीक्षक भोजकुुमार रञ्जितकारले जानकारी दिए।
बस सडकबाट करिब १० मिटर तल उत्तानो परेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि झापा पठाइएको छ। यस अघि दिउँसो इलाम नगरपालिका १ नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा दुईजना घाइते भएका थिए।
इलामबाट राँके जाँदै गरेको मोटरसाइकल नेपालटारमा उछिट्टिएर घरको छानामाथि पुगेको थियो। मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन्। उनीहरूको इलाम अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !