पाँच वर्षदेखि बाढीपीडित त्रिपालमै

पाँच वर्षदेखि बाढीपीडित त्रिपालमै

सुर्खेत : पाँच वर्ष भयो बाढीले घरबार बगाएपछि त्रिपालमुनी रात बिताउन थालेको । यो बीचमा धेरै सरकार बने । सबैले एउटै आश्वासन दिए, ‘अब त्रिपालमा रात काट्नु पर्दैन, हामी चाँडै पुनर्स्थापना गर्छौ ।’ तर सुर्खेतका बाढीपीडितको अवस्था उस्तै छ । पुनर्स्थापना नहुँदा हालसम्म पनि उनीहरू अस्थायी शिविरमा त्रिपालमुनी रात बिताइरहेका छन् ।

०७१ साउनमा भेरी नदीमा आएको बाढीले घरबार बगाउँदा जिल्लाका एक हजार परिवार विस्थापित भएका छन् । पाँच वर्षदेखि त्रिपालमा बस्दै आएका उनीहरूको हालसम्म पुनर्स्थापना भएको छैन । प्रदेश सरकारले पुनसर््थापनाको प्रयास गरे पनि सफल भएको छैन । प्रदेश सरकारसँग जिल्लामा रहेको सार्वजनिक र वनको जग्गा भोगचलन गर्ने अधिकार नहुँदा पुनर्स्थापनाको काम नभएको हो । पुनर्स्थापनाका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरी बाढीपीडितका लागि नमुना बस्ती निर्माणको काम थाल्ने योजना बनाएको छ ।

कर्णाली प्रदेश सरकारले सुर्खेतका चार स्थानमा नमुना बस्ती निर्माणका लागि भन्दै केन्द्र सरकारसँग जग्गा मागेको छ । प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गरी केन्द्रसँग जग्गा मागिए पनि केन्द्र सरकारले निर्णय दिएको छैन । बाढीपीडितका लागि प्रदेश सरकारले घर बनाइदिने तयारी गरेको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा बाढीपहिरो समस्या समाधान उच्चस्तरीय समिति गठन गरेको थियो । सोही समितिको अध्ययनका आधारमा विस्थापितका लागि नमुना बस्ती बनाउन तातापानी नजिक भुरेनीताल, तिखाकुनाको सुन्दरपुर, गिरीघाटको चायापानी सामुदायिक वनको नमुना पलट र लेखपराजुको हटारुखोला क्षेत्रमा जग्गा उपलब्ध गराउन माग गरिएको थियो ।

जग्गा भोगचलन गर्ने अधिकार नपाउँदा नमुना बस्ती बनाउने प्रक्रिया अन्यौलमा परेको आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले बताए । केन्द्रले जग्गा नदिए स्थानीय तहसँग मिलेर भए पनि प्रदेश सरकारले नमुना बस्ती बनाउने उनको भनाइ छ । प्रदेश सरकारले निर्माण गर्ने नमुना बस्तीमा बस्नका लागि विस्थापित शिविरका दुईसय ३९ परिवारले विकल्प रोजेका छन् ।

जग्गाविहीनलाई थप दुई लाख

घर बनाउन जग्गा नभएका र प्रदेश सरकारले निर्माण गर्ने भनिएको नमुना बस्तीमा बस्न नचाहने पीडितलाई थप लाख रुपैयाँ पाउने छन् । जग्गा भएकालाई भने सरकारले घर बनाउन किस्तामा तीन लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । जग्गा भएकालाई प्रदेश सरकारले आवास निर्माणका लागि पहिलो किस्ता दिइसकेको छ । आवास निर्माणका लागि पहिलो किस्ता बापत प्रतिपरिवार एक लाख ५० हजार रुपैयाँ दिइएको छ । एक हजार ४५ घरपरिवार मध्ये पाँच सय ८९ परिवारले मात्रै पहिलो किस्ता रकम लिएका छन् । तर पहिलो किस्ता बुझेकालेसमेत चार महिना वितिसक्दा पनि दोस्रो किस्ता पाउन सकेका छैनन् । दोस्रो किस्ता रकम उपलब्ध गराउन प्रदेश सरकारले कार्यविधि निर्माणमै ढिलाइ गरेको छ । दोस्रो किस्ताका लागि चार महिना लगाएर कार्यविधि तयार पारेको छ । कार्यविधि अनुसार दोस्रो किस्ताको लागि योग्य व्यक्तिको विवरण प्रदेशले स्थानीय सरकारसँग माग गरेको छ । एकै पटक रकम दिँदा दुरुपयोग हुने भन्दै कामको कार्य प्रगतिको आधारमा तीन किस्तामा रकम दिने योजना बनाएको छ । पहिलो किस्ता बुझेर पनि आवास निर्माण नगर्नेलाई भने सरकारले दोस्रो र तेस्रो किस्ता उपलब्ध गराउने छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.