डुबानपीडित आन्दोलित
गोरखा : बुढीगण्डकी जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने गोरखाको आरुघाटबजार र धादिङको विशालनगर क्षेत्रका जनप्रतिनिधि र स्थानीयले चरणवद्ध आन्दोलन घोषणा गरेका छन्। आरुघाटमा सोमबार सम्पन्न जनप्रतिनिधि र स्थानीयको भेलाले यथासीघ्र मुआब्जा निर्धारण गर्न दबाब दिन आन्दोलन घोषणा गरिएको बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समिति आरुघाट बिशालटारका अध्यक्ष दिनेश ढकालले जानकारी दिए।
आन्दोलनको पहिलो दिन सोमबार आरुघाट बन्द गरिएको छ। भेलाले मंसिर ५ गते जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिने, ६ गते जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिने तय भएको अध्यक्ष ढकालले बताए। ८ गतेसम्म उचित मुआब्जा निर्धारण नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनीहरूको तयारी छ।
आन्दोलनको कार्यक्रम तय गर्न आयोजित भेलामा प्रदेश नं. ३ का सांसद रामकुमार अधिकारी, त्रिपुरासुन्दरी गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, वडा अध्यक्षहरू, दलका नेताको पनि उपस्थिति रहेको थियो।
‘मुआब्जा छिट्टै निर्धारण गर्ने भन्दै गोरखाका सीडीओ देवेन्द्र लामिछाने र बुढीगण्डकी आयोजना प्रमुख कृष्ण कार्कीले बारम्बार ढाँटे’ सरोकार समितिका संयोजक ढकालले भने। ‘धादिङका सिडिओ आसमान तामाङले पनि त्यसै गरे।’
स्थानीयले मुआब्जा निर्धारण नभएपछि सोमबार बजार, विद्यालय, उद्योगधन्दा, बित्तिय संस्था बन्द गराए।
प्रतिक्रिया दिनुहोस !