भीरले रोक्यो सडक

भीरले रोक्यो सडक

जाजरकोट : पुष्पलाल मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण कार्य सुरु भएको नौ बित्यो। तर सडक निर्माण कार्य अधुरै छ। जाजरकोटको कुदुदेखि दैलेख सीमाना सुयाडासम्मको ८७ किलो मिटर सडकमध्ये कार्कीगाँउ र झाप्राको बीचमा पर्ने मन्ताभीरको करिब पाँच सय मिटर ट्रयाक खोल्ने काम अलपत्र छ।

सडकमा कडा चट्टान लागेपछि कामको जिम्मा लिएका निर्माण व्यवसायीले काम अलपत्र छाडेका हुन्। यस सडक खण्डको दशेरा र झाप्रा जोड्ने थलहमा पुलसमेत बनेको छैन। पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेपछि सडक निर्माणमा समस्या भएको हो।

गत वर्षदेखि जाजरकोट खण्डको ३५ किलो मिटर सडकको स्तरोन्नतीको काम सुरु भएको छ । अन्य स्थानमा यातायातका साधन सञ्चालन भए पनि मन्ता र कालढुंगा भीरका कारण जाजरकोट खण्डको पूरै ट्र्याक खुल्न नसकेको हो । एकैसाथ निर्माण सुरु भएको रुकुम र दैलेख खण्डमा भने दुई वर्षअघि स्तरोन्नतीको काम सुरु भएको थियो ।

जाजरकोट खण्डमा भेरी नदी र थलहजारमा पुल नबन्दा सडक निर्माणले गति लिन सकेको छैन। मन्ताभीरमा ठेकेदारले काम गर्न छोडेको सात वर्ष बित्यो। मन्ताभीर खण्डको निर्माणको जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भएको भन्दै सडक निर्माणको काम अलपत्र पारेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका प्रमुख नारायणप्रसाद निउरेले बताए।

‘मन्ताभीरको कडा चट्टान फोड्ने काम नहुँदा उक्त स्थान जटिल बन्यो, मन्ताभीर काट्न तयार नभएपछि ठेकेदारलाई कारबाही गरियो,’ उनले भने, ‘अँझै पनि उक्त भीर कसरी फोड्ने भन्नेबारे अन्योल छ ।’ चालु आवमा लोकमार्गको कार्की गाउँदेखि दशेरा हुँदै सुयाँडासम्म स्तरोन्नतीको ठेक्का दुई अर्बमा टेण्डर गरिएको उनले बताए।

स्तरोन्नतीपछि सडक सात मिटर कालोपत्रेसहित नौ मिटर चौडाइको बन्नेछ। तीन वर्षभित्र सडक स्तरोन्नतीको काम पूरा गर्ने लक्ष्य छ । पाँचथरको चियोभञ्ज्याँङदेखि बैतडीको झुलाघाट पुग्ने एक हजार ६ सय ६५ किलो मिटरको लोकमार्ग अन्र्तगत जाजरकोट खण्डले जिल्लाको भेरी र नलगाड नगरपालिकालाई मात्र छोएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.