उत्कृष्ठ तीन करदाता सम्मानित
गोरखा : आन्तरिक राजस्व कार्यालय, दमौलीले गोरखाका सत्यसाई हार्डवेयरका सञ्चालक इश्वरकाजी मास्केलाई उत्कृष्ठ करदाता घोषणा गरी सम्मान गरेको छ।
शनिबार सम्पन्न आठौं कर सप्ताहको समापन कार्यक्रममा दमौलीमा आयोजित कार्यक्रममा गोरखाका मास्के, तनहुँको रोयल सहकारी संस्था लिमिटेड र लम्जुङको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थालाई उत्कृष्ठ करदाता सम्मान प्रदान गरेको हो।
आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यक्षेत्रभित्र पर्ने गोरखा, तनहुँ, लम्जुङ र मनाङ जिल्लाका सबैभन्दा धेरै आयकर तिर्ने व्यापारिक प्रतिष्ठानलाई सम्मान गर्ने कार्यक्रम अनुसार सम्मान गरिएको कार्यालय प्रमुख सेढाईले जानकारी दिए। कार्यालयले तय गरेको प्रवधानभित्र मनाङ जिल्लामा भने कोही पनि छनौटमा नपरेको सेढाईको भनाइ छ।
गोरखाका मास्केले वर्षभरि कारोबार गरेर कमाएको नाफाको आयकर वापत २९ लाख रुपैयाँ तिरेका कार्यालय प्रमुख सेढाईले जानकारी दिए।
सोही कार्यालयका नायव सुब्बा विष्णुप्रसाद पौडेललाई पनि उत्कृष्ठ कर्मचारीको रूपमा पुरस्कृत गरिएको छ।
प्रतिक्रिया दिनुहोस !