नक्कली नागकिरता दिने पर्साका सहायक सीडीओविरुद्ध मुद्दा

नक्कली नागकिरता दिने पर्साका सहायक सीडीओविरुद्ध मुद्दा

काठमाडौं : जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत कागजातको आधारमा गैर नेपालीलाई वंशजको आधारमा नागरिकता प्रमाणपत्र दिएको आरोप उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

 उनले वीरगञ्ज महानगरपालिका-२ बस्ने अजहर हुसेन र आरिफ हुसेनको नाममा वंशजको आधारमा नेपाली नागरिकता वितरण गरेको थिए। अनुसन्धानमा  वीरगञ्ज उपमहानगरपालिकाको बसाइसराइको सरकारी कागजातमा घरमुलीको विवरण सच्चाएको, वीरगञ्ज महानगरपालिका-२ को सिफारिसमा केरमेट गरी झुट्टा विवरणको आधारमा नक्कली नागरिकता बनाएको पुष्टि भएको अख्तियारले जनाएको छ।

नेपाली नागरिकता बनाउने कार्यमा वीरगञ्ज महानगरपालिका-२ बस्ने आरिफ हुसेन, सवरुन खातुन, वीरगञ्ज महानगरपालिका-२ का वडा अध्यक्ष शेष अव्वास, जिल्ला प्रशासन कार्यालय पर्साका नायव सुव्वा चन्द्रदेव ठाकुर, प्रशासकीय अधिकृत सदनकुमार कर्ण र तत्कालीन  साहयक सीडीओ दुर्गादत्त पौडेलको संलग्नता देखिएकोले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन सजायको मागदाबी गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.