‘वार्ताबाट सीमा समस्या समाधान गर’
काठमाडौं : नेपाल नीति अध्ययन केन्द्रले भारतलाई वार्ताको माध्यले सीमा विवादको समाधान निकाल्न सुझाव दिएको छ ।
पूर्वप्रधानसेनापती प्यारजंथापाको नेतृत्वमा रहेको अध्ययन केन्द्रले यथार्थतामा आधारित वार्ताको माध्यमबाट समाधान निकाल्न सुझाव दिएको हो ।
देशको एक इन्च भूमि लमाथि हुँदा जुनसुकै राष्ट्रमा उब्जिने संवेदनशीलतालाई मनन गरेर नेपाल र भारतबीच युगौयुगदेखि रहँदै आएको सुमधुर सम्बन्धलाई कायम राख्न दुवै देशका जनता र सरकारलाई संयमित हुन समेत आग्रह गरेको छ ।
केन्द्रका अध्यक्ष थापा र महासचिव डा. राजु चित्रकारले जारी गरेको विज्ञप्तीमा नेपालको लिम्पियाधुरादेखि कालापानी र लिपुलेकसम्मको भूभाग आफ्नो देशमा समेटेर प्रकाशित गरेको नक्सा र यसले नेपाली पु¥याएको चोटले दुई देशबीच रहेको घनिष्ठ सम्बन्धमा पु¥याउन सक्ने नकारात्मक असरप्रति भारतको ध्यानाकर्षण गराइएको छ।
विज्ञप्तिमा कुनै देशबाट बाधा व्यवधान दिन नहुने कुरामा दुवै देशका सरकार विशेष रुपमा चनाखो हुनुपर्ने सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस !