त्रिपालबाटै प्रहरी सेवा

त्रिपालबाटै प्रहरी सेवा

गोरखा : गोरखाका दुईवटा प्रहरी चौकी विगत पाँच वर्षदेखि त्रिपालभित्रबाट सेवा दिइरहेका छन्। भाडामा लिएको चौकीको घर पनि भूकम्पले भत्किएपछि त्यहाँ कार्यरत प्रहरीले शान्ति सुरक्षाको काम त्रिपालभित्रबाटै गरिरहेका छन् । 

जिल्लाका ४१ वटामध्ये सीमा प्रहरी चौकी लार्के र जगत प्रहरीचौकी विगत पाँच वर्षदेखि त्रिपालभित्रै रहेको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।  चौकी रहेको भाडाको घर २०७२ सालको भूकम्पले भत्काइदिएपछि दुवै चौकीका प्रहरी त्रिपाल टाँगेर कार्यसम्पादन गरिरहेको उनले बताए । 

चुमनुब्री गाउँपालिका  ४ नाम्रुङस्थित लार्के चौकीमा असईको कमाण्डमा आठजना कार्यरत छन् । सईको कमाण्डमा १५ जना प्रहरी कर्मचारीको दरबन्दी रहे पनि चौकी स्थापना कालदेखि नै असईको कमाण्डमा चलिरहेको हो ।

हिमाली क्षेत्रको सो चौकीमा कार्यरत प्रहरी त्रिपालभित्र कष्टपूर्ण रुपमा बसिरहेका वडा अध्यक्ष पेमाडुण्डुप लामाले बताए । चौकीका लागि घर भाडामा लिन खोज्दा पनि लामो समयदेखि प्रयास असफल भइरहेको उनले बताए । 'पहिले बाहालमा थियो, अहिले पालमा छ, 'लामाले भने, 'चौकी स्थापना भएदेखि चौकीको नाममा एकरोपनी दुई आना जग्गा छ तर भवन छैन । आफ्नै भवन नभए पनि भाडामा घर लिएर चौकी राख्न पहल गरियो, तर सकिएन।'

प्रक्रिया पूरा गरेर माग गर्दा पनि चौकीलाई घरमा सार्न नसकिएको लामाले बताए । 'तीनवटा घर भाडाको कोटेसन चाहिन्छ भनेकाले जिल्ला प्रहरी कार्यालयमा त्यही अनुसारको कागज पेश गरेको हो तर भाडामा पनि राख्न सकिएको छैन,' उनले भने, 'प्रहरीलाई एउटा टेलिभिजन र टेबुल राखिनुपर्‍यो भनेर गाउँ कार्यपालिकामा निवेदन दिँदा गाउँपालिकाले समेत बेवास्ता गर्‍यो ।'

राज्यको सुरक्षा निकायलाई राज्यले नै बेवास्ता गरेको भन्दै उनले दु:ख व्यक्त गरे । हिउँ पर्न थालेपछि त्रिपालमा बसि सक्नु नहुने चौकीका इञ्चार्ज असई प्रेम बानियाँले जानकारी दिए । 'चारपाँच फिटसम्म बाक्लो हिउँ पर्छ । त्रिपालले धान्नै नसकेर भत्किन्छ,' उनले भने, 'लामो समयसम्म हिउँ पग्लिदैन । पालबाट पानी चुहिएर सुत्नै सकिदैन।'
 
सो चौकीले चुमनुब्री गाउँपालिकाको २, ४ र ५ साबिक ल्हो, प्रोक र बिही गाविसको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ । सीमा प्रहरी चौकीको जिम्मेवारी ठूलो भए पनि अवस्था नाजुक रहेको एसपी अधिकारीले बताए । जिल्लाका ४१ वटा प्रहरी इकाइमध्ये १७ वटा मात्रै आफ्नै भवनमा रहेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.