भूमि व्यवस्थामन्त्रीलाई नेपालको 'खास नक्सा' हस्तान्तरण
काठमाडौं : भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई सीमा बचाउ अभियान समितिले नेपालको सक्कली पूर्ण नक्सा हस्तान्तरण गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि समितिले मन्त्री अर्याललाई उक्त नक्सा बुझाएको हो।
समितिका अध्यक्ष भैरव अर्यालसहितको टोलीले बुधबार नक्सासहित आफ्ना मागहरु पनि प्रस्तुत गरेको छ। पुरानो नक्सा सच्याउनुपर्ने, कालापानीसहितको नक्सा भएको स्वयतपत्र जारी गर्नुपर्ने, यो विषयमा सरकारले भारतलाई पत्र लेख्नुपर्ने, सीमा क्षेत्रमा तत्काल सुरक्षा चौकीहरु स्थापना गर्नुपर्ने, अनिक्रमणमा परेका दशगजा खाली गर्नुपर्ने, त्रिदेशीय विन्दूको टुंगो लगाउनुपर्ने लगायतका मागहरु समितिले मन्त्री अर्यालसमक्ष राखेको छ।

नेपालको खास नक्सा
सर्वदलीय बैठकमार्फत सीमा अतिक्रमण रोक्नका लागि राष्ट्रिय सहमति जुटिसकेको र कुटनीतिक पहल पनि सुरु भइरहेकेको मन्त्री अर्यालले समितिका पदाधिकारीलाई जानकारी दिइन्। समितिले आजै विभिन्न निकायमा गएर उक्त नक्सा हस्तान्तरण गर्दैछ।
समितिको उक्त समूहमा अध्यक्ष अर्यालसहित पूर्वसचिव द्वारीकानाथ ढुंगेल, भूगोलविद् प्रा.डा.नरेन्द्रराज खनाल, पूर्राजदुत हिरण्यलाल श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश शुशिला कार्की लगायत सहभागि थिए।
प्रतिक्रिया दिनुहोस !