राष्ट्रपति जनकपुरमा, अयोध्याका जन्तीलाई स्वागत गर्दै (फोटो)

राष्ट्रपति जनकपुरमा, अयोध्याका जन्तीलाई स्वागत गर्दै (फोटो)

जनकपुरधाम : राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आइपुगेकी छिन। उनलाई जानकी मन्दिरमा रेड कार्पेटले स्वागत गरिएको छ । सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन जनकपुरधाम आइपुगेकी राष्ट्रपति भण्डारीलाई जानकी मन्दिरमा रेड कार्पेटले स्वागत गरेको हो।

भारतको उत्तर प्रदेश स्थित अयोध्यबाट विवाह पञ्चमी महोत्सवमा जनकपुरधाम आएका जन्तीलाई स्वागत गर्न आएका राष्ट्रपतिले जानकी मन्दिरमा पूजापाठ समेत गरिन् । शुक्रबार बिहान ११:३० बजे जनकपुरधाम आइपुगेकी राष्ट्रपति भण्डारी जानकी मन्दिरमा झण्डै २० मिनेट पूजापाठ गरेकी थिएन् ।

नेपाली सेनाको हेलिकप्टरबाट जनकपुरधाम आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री मो. लालबाबु राउत, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवसहित संघीय तथा प्रदेश सांसदले स्वागत गरेका थिए । 

सोही लगत्तै जानकी मन्दिरमा पूजापाठका लागि पुगेकी राष्ट्रपति भण्डारीलाई जानकी मन्दिरका सह-महन्थ रामरोशन दास वैष्णले स्वागत गरेका थिए । पूजापाठ पछि प्रदेश २ को मुख्यमन्त्री कार्यालयले आयोजना गरेको दिवा भोजमा सहभागी भएकी छिन् । 

राष्ट्रपति भण्डारीले रङभूमी मैदान (बाह्रबिग्हा) पुगी भारतबाट आएका जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालसहितका व्यक्ति विवाह महोत्सवमा सहभागी हुन आएका छन् ।

नकपुरबाट हाम्रा सहकर्मी राजकरण महतो र गोविन्द महतोले आफ्ना क्यामेरामा कैद गरेका तस्बिरहरु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.