कहिल्यै १२ नबज्ने घडी
![कहिल्यै १२ नबज्ने घडी](https://annapurnapost.prixacdn.net/media/albums/11-clock-watch_20191215023624_WaIbh598VH.jpg)
स्विट्जरल्यान्डको सोलोर्थन सहरमा रहेका घडीमा कहिल्यै १२ बज्दैन। ती घडीमा ११ सम्म मात्र अंक छन्। १२ नम्बर भने गायब छ। यहाँ अरू पनि घडी छन् जसमा १२ बज्दैन। यो सहरका मानिसलाई ११ नम्बरसँग धेरै माया छ। यहाँ भएका धेरै चिजको डिजाइन ११ जस्तै छ।
यो सहरमा चर्चको संख्या पनि ११ नै छ। त्योबाहेक यहाँ रहेको संग्रहालय, टावरको डिजाइनमा पनि ११ नम्बर देखिन्छ। यहाँको चर्च पनि ११ वर्षमै बनेर सकिएको थियो। उक्त चर्चमा तीन पंक्ति भर्याङ छन्। प्रत्येक पंक्तिमा एघार÷एघार वटा सिँढी छन्।
यहाँका मानिसले एघारौं जन्मदिन विशेष रूपले मनाउँछन्। यो अवसरमा दिइने उपहार पनि ११ नम्बरसँग जोडिएको हुन्छ। यसको पछाडि एक पुरानो मान्यता छ। कुनै समय सोलोर्थनका मानिस धेरै मेहनती थिए। तर, उनीहरूको जीवनमा खुसी थिएन। केही समयपछि यहाँको पहाडबाट अलौकिक प्राणी (एल्फ) आउन लागे र उनीहरू आउनाले यहाँका मानिसको जीवनमा खुसी आयो।
जर्मन भाषामा एल्फको अर्थ ११ हुन्छ। एल्फको बारेमा जर्मनीको पौराणिक कथामा पढ्न सकिन्छ। उक्त कथाका अनुसार एल्फसँग अद्भुत शक्ति छ। त्यसैले सोलोर्थनका मानिसले एल्फलाई ११ नम्बरसँग जोडिदिए। त्यही समयबाट यहाँका मानिसको ११ नम्बरसँग माया छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)