प्रजिल कन्स्ट्रक्सनको बदमासी : सातामै उप्कियो कालोपत्रे

प्रजिल कन्स्ट्रक्सनको बदमासी : सातामै उप्कियो कालोपत्रे

गोरखा : गोरखा नगरपालिको वडा नं. १३ अबुवामा गरिएको सडक कालोपत्रे एक हप्ता नबित्दै उप्किएको छ। चितवनमा पकाएर ल्याएको बिटुमिनले गरिएको कालोपत्रे एक हप्ता नबित्दै उप्किएर सडक खाल्डैखाल्डा भएको छ। कालोपत्रे करिब ८ सय मिटरमा गरिएको छ।

गत शुक्रबार र त्यसअघि बुधबार राति सडक कालोपत्रे गरिएको स्थानीय दीपक अधिकारी बताउँछन्। गाउँका मान्छे खानाखाएर सुतेपछि गरिएको कालोपत्रे सवारीसाधन चल्न नपाउँदै उप्किएको अधिकारीले बताए। ‘सुरुको खण्डमा राम्रोसँग काम भएको थियो। त्यसपछि जति पर गयो, त्यति झारा टार्ने काम भयो’, पालुङटार ९ बिर्दी निवासी अधिकारीले भने, ‘एक हप्ता नबित्दै कालोपत्रे उप्किएपछि ४ दिनदेखि गाडी चल्न रोक लगाइएको छ।’ चितवनमा तयार गरेर ल्याइएको अलकत्रा बिछ्याउँदा तापक्रम नमिलेर उप्किएको स्थानीयको अनुमान छ। गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालय लमजुङले करिब ७० लाख रुपैयाँ लागतमा सडक कालोपत्रे गरेको हो।

प्रजिल कन्स्ट्रक्सन ललितपुरले २०७५ फागुनमा अबुवादेखि ८ सय मिटर सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको थियो। निर्धारित समयमा काम नगरेपछि थप गरिएको म्यादको अन्तिममा काम सुरु गरेको हो। २०७६ असारसम्म सिध्याउनुपर्ने सडकको काम समयमै सम्पन्न नभएपछि ६ महिना म्याद थप गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर प्रल्हाद लामिछानेले बताए।

कालोपत्रे गरिएको सडक ओसिलो ठाउँमा भएको र तापक्रम नमिलाएका कारण कालोपत्रे उप्किएको हुन सक्ने भन्दै उनले बचाउ गरेका छन्। उनले ओसिलोका कारण कालोपत्रे सेट नभएको दाबी गरे पनि स्थानीयवासी भने गुणस्तरहीन कालोपत्रे गरेका कारण उप्किएको दाबी गरेका छन्।

‘मंसिर २० गते पनि मान्छे सबै गाउँको विवाहमा व्यस्त भएका बेला रातको समयमा पिच गरे। अनि अस्ति बुधबार पनि गाउँले अर्को विवाहमा व्यस्त भएको मौका पारी राति नै पिच भएको छ’, स्थानीय सुजन गर्तौलाले भने, ‘गाउँले अरु काममा व्यस्त भएको मौका पारेर, बेलुका ६ बजेदेखि पिच सुरु हुन्छ। मान्छे अरु काममा व्यस्त भएको मौका पारी राति पिच गर्नुको कारण के हो ? ’

गाउँलेले गुनासो गरेपछि प्रदेश सांसद हरिशरण आचार्य र गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र उपमेयर बिनाकुमारी श्रेष्ठले सडक अनुगमन गरेका थिए। अनुगमनका क्रममा मेयर पन्तले काम रोक्न निर्देशन दिएको जानकारी दिए।

यो सडक देउराली, मिरकोट, धुवाँकोट, गाईखुर, च्याङ्लीका वासिन्दाले बढी प्रयोग गर्छन्। सडक गोरखा नगरपालिका–१३ हुँदै पालुङटार नगरपालिकाको केन्द्र जोड्ने मुख्य मार्ग हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.