प्रहरीलाई घुस दिन खोज्दा पक्राउ
![प्रहरीलाई घुस दिन खोज्दा पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrested_20180911053149_trvF1NCpkX.jpg)
स्याङ्जा : वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई प्रलोभन देखाउने व्यक्ति प्रहरीले नियन्त्रण लिएको छ। पक्राउ पर्नेमा रुपन्देही घर भई हाल वालिङ नगरपालिका ८ निवासी ५१ वर्षीय जहरुद्धिन मिया हुन्।
प्रहरी निरीक्षक निरन्जन घिमिरेलाई उनकै कार्यकक्षमा पुगी गोरु व्यापार गर्नुपर्यो भन्दै १५ हजार घुस दिन खोज्दा मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रमुखको कार्यकक्षमा पुगी टेबलमा पुगेर मियाले नगद दिन लागेपछि प्रहरीलाई प्रलोभन पारेको भन्दै उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
रकमसहित मियालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरामा मंगलबार साँझ बुझाइएको प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)